काठमाडौं,
चैत २२ ।
गायिका मिना राई र गायक दीपक राई बान्तवाको स्वरमा रहेको ‘मयुरको कल्की…’ गीत सार्वजनिक भएको छ । मिठो पुर्बेली लोक भाकामा गीत ‘मयुरका कल्की…’लाई युट्युव मार्फत सार्वजनिक गरिएको हो ।
मार्मिक शब्द र लयमा रहेको यो गीतको शब्द दीपक राई बान्तावाले लेखेका हुन् भने यो गीतको लय पनि दीपकले नै निकालेका हुन् । अशोक लोहरुंगले एरेन्ज गरेको यो गीतमा चन्द्र चौधरीले मिक्सिङ्ग र गङ्गाराम राईले सम्पादन गरेका छन् ।
गायक दीपक राई बान्तावा पुर्व भोजपुर आईडल हुन् भने गायिका मिना राईका पछिल्लो समय सार्वजनिक भएका गीतले स्रोता/दर्शकको राम्रै साथ पाएको छ र चर्चामा रहेका छन् गीत ।






