रक हाउस क्याफेमा नयाँ बर्ष धमका

काठमाडौं,
चैत २२ ।

विगतका वर्षहरुमा झै यो वर्ष पनि रक हाउस क्याफे रातोपुलमा नयाँ वर्ष २०७५ को अवसरमा बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ । ‘हामीले हरेक नयाँ वर्षमा विशेष साँस्कृतिक कार्यक्रम गर्दै आएका छौ, यस पटक पृथक ढङ्गले कार्यक्रम आयोजना गर्न गइरहेका छौ’, रक हाउस क्याफेका सञ्चालक सुमन राईले भने ।

उनका अनुसार विगतमा गायनलाई मात्र प्राथमिकता दिइएको थियो भने यो पटक ख्याति प्राप्त कलाकारहरुको साथमा बिविध मनोरञ्जनात्मक साँस्कृतिक खुराक पस्केर ग्राहक एवम् स्रोतालाई भरपूर मनोरञ्जन प्रदान गरिदै छ ।

नयाँ वर्ष २०७५ को शुभकामना आदन–प्रदानको कार्यक्रमा‘शुभ कामना साँझ २०७५’ मा पदम राई, मिना राई, विनोद खम्बु, एकान्त आङ्देम्बे, मेरिना चेम्जोङ, लाल बहादुर, निशा पोमु, बिक्रम राई, समिर सिङ्गक, संगीता सुहाँङ, समिर तबेबुङ्गलगायतका कलाकारहरुको धमकेदार साङ्गीतिक प्रस्तुती रहने आयोजक संस्थाका प्रोप्राईटर सुमन राईले जानकारी गाराएका छन् ।

यही चैत्र ३० गते शुक्रबार रक हाउस क्याफे परिसरमा रहेको पार्टी प्यालेसको ठूलो हलमा सम्पन्न हुने बृहत साङ्गीतिक कार्यक्रममा दीपा सुहाङ्ग र बविता फोम्बोकोे पनि विषेश प्रस्तुती रहने जनाइएको छ ।

यसमा तपाइको मत

अन्य समाचार