काठमाडौं,
चैत १९ ।
गत चैत्र ९ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘शत्रु गते’ले व्यवसायिक सफलता त पाएको छ नै साथै दर्शकबाट राम्रो प्रतिक्रिया पनि बटुली रहेको छ । चलचित्रको वर्ड अफ माउथ बलियो भएपछी यसले ब्यापारमा कमी आउँन दिएको छैन् । चलचित्रले दोस्रो सातामा प्रवेश गर्दा पाँचकरोड भन्दा बढीको व्यापार गरिसकेको छ । साथै चलचित्रले राम्रो वर्ड अफ माउथ पाउदा यसलाई शीर्षस्थ व्यक्तित्वहरुले पनि चासोका साथ हेरिरहेका छन् ।
केहि दिन अगाडी मात्र पुर्व प्रधानमन्त्री झलनाथ खनालले आफ्नो परिवार सहित चलचित्र हेरेका थिए । यसै चलचित्रलाई पछिल्लो समय प्रधानसेनापति राजेन्द्रबहादुर क्षत्रीले परिवार सहित हेरेका छन् । उनले राजधानी स्थित क्युज सिनेमामा सपरिवार चलचित्र हेरेका हुन् ।
चलचित्रलाई प्रधानसेनापति क्षत्रीसँगै नेपाली कांग्रेसका नेता जगदीश नरसिंह केसी, नेत्री तथा गायिका कोमल ओली तथा वरिष्ठ कलाकार नीर शाहले परिवार सहित हेरेका छन् । चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण केसी , दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, प्रियंका कार्की, आँचल शर्मा, राजाराम पौडेल, शिवहरी पौडेल, बसुन्धरा भुसाल, रमेश रंजन झालगायतको अभिनय रहेको छ ।
चलचित्रलाई ‘जात्रा’ डेब्यु निर्देशक प्रदीप भट्टराईले निर्देशन गरेका हुन । मह सञ्चारको ब्यनारमा निर्माण गरिएको चलचित्रका यसका प्रस्तुतकर्ता किरण केसी हुन् । चलचित्रमा हरिवंश आचार्यको कथा रहेको छ । पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसंग मिलेर तयार गरेका हुन् । यसमा छायाँकन दिर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन् । यसमा दीपकराज गिरी, दीपाश्री निरौला, नरेन्द्र कंसाकार, शिवहरी पौडेल, यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् ।






