काठमाडौं,
चैत १९ ।
गायक शिव परियारको नयाँ गीत ‘मात नलाग्ने…’ सार्वजनिक भएको छ । आफ्ना दर्शक तथा स्रोता माझ उनको नयाँ गीत सार्वजनिक भएको हो ।
नेपाली साङ्गीतिक फाटमा कयौं हिट गीत दिएका परियारले ‘मात नलाग्ने…’बोलको गीतका भिडियो आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरेका छन् ।
शिवको एघारौ एल्बम शिवालयमा समाबेश सार्वजनिक गीतमा आनन्द अधिकारीको शब्द र आशिस अविरलको सङ्गीत रहेको छ । गीतमा नायिका प्रियंका कार्की र विशाल लामालाई फिचरिङ गरिएको छ । गीतको कोरियोग्राफर राजिव समरले गरेका हुन् ।
म्यूजिक भिडियोमा निकेश खड्काको निर्देशन रहेको छ । उत्तम हुमागाईंको छायांकन रहेको यस गीतलाई बिकाश धमलाले सम्पादन गरेका छन् ।
यहि बर्ष मात्रै शिवको ‘आँशुको अर्थ’र ‘हल्ला हल्ला मै माया’ जस्ता गीतले चर्चा पाएका छन् । ‘मेरो अरु गीत जस्तै यो ‘मात नलाग्ने रक्सी र हात नलाग्ने माया’ले दर्शक तथा स्रोताको साथ पाउनेमा आशावादी छु’ शिवले भने ।






