काठमाडौं,
चैत १५ ।
नेशनल पावर न्यूज म्युजिक अवार्डको मनोनय सार्वजानिक गरिएको छ । मिडिया एण्ड ईन्टरटेनमेन्ट प्रा.लि.ले आयोजना गरेको नेशनल पावरन्यूज म्यूजिक अवार्ड २०१८ को उत्कृष्ट १० को प्रेश विज्ञप्ती प्रकाशित गरि मनोनय सार्वजानिक गरेको हो ।
नेशनल पावरन्यूज म्यूजिक अवार्ड–२०१८ को नेपाली मुलभाषा अन्तगर्त (चलचित्र, आधुनिक/पप र लोकदोहारी) ३ विधा सहित नेपालमा वोलिने विभिन्न राष्ट्रिय भाषाहरुमा नेवारी, देउडा, तमाङ, मगर, लिम्वु, राई, शेर्पा, चौधरी (थारु) लगायत आठ भाषाको उत्कृष्ट १० को छनौट गरी मनोनय सार्वजानिक गरिएको कार्यक्रमका अध्यक्ष माधव राज खरेलद्वारा जारी प्रेश विज्ञप्तिमा उल्लेख गरिएको छ ।
उनले कार्यक्रमका मुख्य निर्णायक, निर्णायकलगायत अन्य भाषाका निर्णायकहरुलाई समेत धन्यवाद दिंदै जारी प्रेश विज्ञप्तिमा भनेका छन् पक्कै पनि हाम्रो निर्णायक मण्डलले गरेको निर्णयले पनि नेपाली साङ्गीतिक क्षेत्रको विकासको लागि उल्लेखनीय यागदान पु¥याउने विश्वास लिएका छौं । नेशनल पावरन्यूज म्युजिक अवार्ड २०१८ मा नेपाली मूलभाषा तर्फ चलचित्र अन्तगर्त उत्कृष्ट स्वर, शब्द र सङ्गीत छन् भने पप/आधुनिक र लोक दोहोरी तर्फ उत्कृष्ट स्वर, सङ्गीत, शव्द र भिडियो रहने छन् भने विभिन्न राष्ट्रियभाषा तर्फ भने उत्कृष्ट गीत र भिडियो तर्फ गरी २ विधामा अवार्ड प्रदान गरिनेछ ।
यस वर्ष नेपाली मूलभाषा सहित नेपालमा वोलिने राष्ट्रिय भाषामा तैयार भएका गीतहरु अन्तर्गत नेवारी, देउडा, तमाङ, मगर, लिम्वु, राई, शेर्पा, चौधरी ९थारु० लगाएतका गीतहरुलाई सर्वोत्कृष्टताको पुरस्कार दिईने छ भने, गुरुङ, मैथली /थारुलगायतका केही भाषाका सर्जकहरलाई प्रोत्साहन स्वरुप सम्मान समेत गरिने उल्लेख गरिएको छ ।
केही दिनमा एक कार्यक्रम गरि मनोनयनमा परेका सर्जकहरुलाई सर्टिपिmकेट प्रदान गरिने छ भने फाईनल कार्यक्रमको मिति पनि उक्त दिननै सार्वजानिक गरिने बताइएको छ ।
नेपाल भित्र छरिएर रहेका विविध भाषामा तैयार भएका गीत सङ्गीतको प्रवद्र्धनमा सहयोग पुर्याउने उदेश्यले यो कार्यक्रमका गर्न लागिएको कार्यक्रमका निर्देशक राजन थापाले विज्ञप्तिमा भनेका छन् ।
नेपाल विविध भाषाको धनी मुलुक भएको र नेपालमा वोलिने सवै भाषा राष्ट्रियभाषा भएकाले कार्यक्रमले तत् तत् भाषाका सर्जकहरुलाई प्रोत्साहन गर्ने कुरामा आफू ढुक्क रहेको कार्यक्रमकी संयोजक कमला जोशीले भनेकी छिन् ।






