ऋषिराजको ‘ड्रिम गर्ल’ असार २९ मा

काठमाडौं,
चैत १५ ।

असार २९ गतेदेखि देशभरका सिनेमाघरमा ‘ड्रिम गर्ल’ आउने भएको छ । निर्देशक÷निर्माता ऋषिराज आचार्यको चलचित्र ‘ड्रिम गर्ल’ असार २९ गतेदेखि आउने भएको हो ।

ऋषिराजले ‘ड्रिम गर्ल’ डिसिएनले बितरण गर्ने सम्झौता भएको बताउदै प्रदर्शन मिति सार्वजनीक गरेका हुन् । आकाश श्रेष्ठ, आश्मा गिरी, बिल्सन बिक्रम राई, सरोज खनाल, अर्जुन श्रेष्ठ, सुरवीर पण्डितलगायतका कलाकारले अभिनय गरेको चलचित्रमा झण्डै दुई करोड बढी लगानी लागेको बताइन्छ ।

काठमाडौं, मुस्ताङ, राराताल तथा थाइल्याण्डका बिभिन्न स्थानमा छाया“कन भएकोको चलचित्रका सहनिर्मातामा अर्जुन शर्मा, दक्षिण भारतको रिल एण्ड रियल सिनेमाका अन्टा रोचा रोवन र रामेश्वर घिताल छन् ।

आरबि मुभीजको ब्यानरमा बनेको प्रेमकथानक चलचित्रमा अर्जुन पोखरेलको सङ्गीत, राहुल राईको छाया“कन नवीन निरौलाको सम्पादन रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार