काठमाडौं,
चैत १४ ।
गायक तथा नायक सत्यराज आचार्यको स्वर रहेको ‘सुनचरीको कथा’ गीत क्यानाडाबाट सार्वजनिक भएको छ । ड्रिम्सगेट नेपालको प्रस्तुति ‘सुनचरीको कथा’ गीतको भिडियो क्यानाडा बाट सार्वजनिक भएको हो ।
गीतको भिडियोमा क्यानाडा निवासी कलाकार उद्धव मौसम र क्यानेडियन मोडेल मोनिका मायरले अभिनय गरेका छन् । क्यानाडामै रहेका श्रीकृष्ण फुँयालले भिडियोको छायांकन गरेका हुन भने सम्पादन तथा निर्देशन इश्वर थापाले गरेका छन् ।
संगीता पौडेलको शब्द रहेको गीतमा अशोक थापाको सङ्गीत रहेको छ । निक्कै राम्रो बनेको गीतको भिडियोको छायांकन विश्व प्रशिद्ध नियाग्रा फल्स र टोरोन्टो वरिपरि गरिएको छ ।






