लम्फूको ‘सुको छैन यार’ गाउनेलाई ५० हजार सहित अन्य आकर्षक उपहार

काठमाडौं,
चैत १३ ।

आगामी वैशाख २८ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारी गरेको चलचित्र ‘लम्फू’को गीत ‘सुको छैन यार’को कभर डान्स प्रतियोगिता घोषणा गरिएको छ । चलचित्रको डिजिटल अधिकार प्राप्त ‘हाईलाईट्स नेपाल’ले कभर डान्स प्रतियोगिता सार्वजनिक गरेको हो ।

प्रतियोगीताका लागि बैशाख २० गते भित्र चलचित्रको ‘सुको छैन यार’ गीत गाएर भिडियो बनाउनु पर्नेछ । त्यसरी बनाइएको भिडियो मध्ये एक उत्कृष्ट चयन गरेर पुरस्कृत गरिने चलचित्र युनिटले जनाएको छ ।

विजेताले नगद रु. ५० हजारको साथमा अन्य आकर्षक उपहार जित्न सक्नेछन् । यूट्युब भ्यूज, भिडियो मेकिङ्ग, कोरियोग्राफीको आधारमा बिजेता ३१ बैशाखमा घोषणा गरिनेछ ।

गोपाल चन्द्र लामिछानेको निर्देशनमा बनेको ‘लम्फू’को यो गीतमा शिव परियारको स्वर रहेको छ, भने अर्जुन पोखरेलको सङ्गीत भरेका छन् ।

कबिर खड्का, सलोन बस्नेत, मरिष्का पोखरेल, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशुम श्रेष्ठ, कुशाग्र भट्टराईलगायतको अभिनय रहेको ‘लम्फू’लाई पपुलर मल्टीमिडियाको लागि शक्तिबल्लभ घोरासैनीले निर्माण गरेका हुन् ।

चलचित्रमा भूपतिको लेखन रहेको छ । दीपक बज्रचार्यको छायाँकन रहेको यस चलचित्रका सम्पादक हरि सिलवाल हुन् । पुनम गौतमले चलचित्रमा कस्ट्युम डिजाइन गरेकी छन् ।

यसमा तपाइको मत

अन्य समाचार