मिसेस नेपाल ग्ल्यामका प्रतियोगिले देखाए प्रतिभा

काठमाडौं,
चैत १३ ।

मिसेस नेपाल ग्ल्याम २०१८का प्रतियोगिले आफूमा रहेको प्रतिभा देखाएका छन् । राजधानीको नयाँ बानेस्वर स्थित होटल अर्यालमा आयोजित ‘ट्यलोन्ट शो’मा प्रतियोगिले नृत्य, गायन, अभिनय र वक्तृत्वकलालगायत बिषयमा आ–आफ्ना प्रतिभा देखाएका हुन् ।

विवाहित महिलाहरुको प्रतिभा निखार्दै उनीहरुको भबिस्य सुधार्ने उद्देश्य प्रतियोगिताको रहेको आयोजक ग्ल्याम वल्र्ड इन्टरटेनमेन्ट प्रा.लि.का आशिष मिश्रले बताए ।

अभिनेता रमित ढुङ्गाना, निर्देशक सुमन दाहाल, सङ्गीतकार सरोज प्याकुरेल, मिस नेपाल इन्टरनेसनल २०१५की बिजेता परिकल्पना राईलगायत निर्णायक रहेको ट्यालेन्ट राउण्डमा मोना भट्टराई, गीता परियार, अंकिता शाह, गौरी भुजेल, ज्योती सापकोटा, रोजी खड्का, वीस्याङ्ग तामाङ, सुस्मा शाह, कल्पना आचार्य, शिरजना पनेरु, बन्दना केसी, कमला बास्तोला, ज्योती आचार्य केसी, ममता शाही, पिंकी तामाङ, एइएइसन पौडेल, शान्ती पाख्रिन लामा, सुजाता राइ, प्रतिभा लम्साल दाहाल, करुणा न्र्यौपाने थापा, सुमित्रा श्रेष्ठ, एलिजा महर्जन, रञ्जु अधिकारी, पुनम सापकोटा, नम्रता कु.कर्ण, उषा न्यौपाने, पल्सङ्ग लामा, ज्योती ठाकुर, लक्ष्मी खड्की, मनिषा श्रेष्ठ, छिरिङ्ग लामा शेर्पा, सृष्टी न्यौपाने तिवारी, सृजना बस्नेत, सुनिता बुढाथोकीलेलगायत ३५ प्रतियोगिले आफूमा रहेको प्रतिभा प्रदर्शन गरेका थिए ।

 

बिभिन्न प्रशिक्षण सहित प्रतियोगी अन्तिम स्पर्धामा उत्त्रिने कार्यक्रम संयोजक स्मृती कार्कीले बताइन् । शिर्ष सहित बिभिन्न आधा दर्जन बिजेता छानिने प्रतियोगीताको कोरियोग्राफी आश्विनी झाले गरिरहेका छन् ।

आगामी २० गते राष्ट्रिय नाचघर जमलमा अन्तिम स्पर्धा हुने प्रतियोगिताको बिजेताले टोफल आइएलटिस अध्यायन, ब्राण्ड एम्बेसडरका साथै बिभिन्न अवसर र गिफ्ट ह्याम्पर पुरस्कारको रुपमा जित्न सक्नेछन् ।

यसमा तपाइको मत

अन्य समाचार