काठमाडौं,
चैत ११ ।
श्रीया रजकले ‘मिस नेपाल पिस’को उपाधि जितेकी छन् । उनले युनिक्याम्पस ग्लोबल ‘मिस नेपाल पिस’को पाँचौ संस्करणको उपाधि जितेकी हुन् ।
शनिबार राजधानीको हायात रिजेन्सी होटलमा अबेर राती सम्पन्न प्रतियोगीतामा २३ प्रतिस्पर्धीलाई पछि पर्दै उपाधि चुमेकी रजकले उपाधिका साथमा नगद रु ५० हजार नेपाल बेष्ट क्यान्सर फाउन्डेसन सेवाको गुडबिल एम्बसेडर लगायत बिभिन्न अवसर उपहार स्वरुप प्राप्त गरेकी छन् ।
प्रतियोगितामा सुस्मिता बोगटी फष्टरनर अप चुनिदा जीना श्रेष्ठ सेकेन्ड रनर अप घोषित भएका छन् । फष्टरनर अफ र सेकेन्ड रनर अफले उपाधिका साथमा क्रमश ३० हजार र २० हजार नगदका साथै बिभिन्न उपहार जिते ।
शान्तिको सन्देश फैलाउने प्रतिबद्धता सहित यसअघि हुने गरेको ‘मिस नर्स’ लाई परिमार्जित गरि गतबर्षबाट प्रतियोगतिाको नाम ‘मिस नेपाल पिस’ राखिएको आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रबि धमलाले बताए ।
नर्सिङ पेशामा रहेका र नर्सिङ अध्ययन गरिरहेका व्यक्तिहरुको व्यक्तित्व विकास गरी उनीहरुलाई सामाजिक काम प्रति उत्तरदायित्व बहन गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको नेक्स्ट मोडलस् नेपालका कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन् ।
प्रतियोगितामा शीर्ष सहित विभिन्न आधा दर्जन शीर्षकमा विजेता घोषित गरिएको थियो । जसमा ब्युटी विथ ब्रेनको उपाधि जीना श्रेष्ठ, मस्ट ट्यालेन्टेड रिना थपामगर, बेस्ट पर्सनालिटी सुस्मिता बोगटी, बेस्ट् वाक गीता देवकोटा, पब्लिक च्वाइस् प्रमिला पण्डित, मस्ट् चार्मिङ आरजु श्रेष्ठ, मस्ट् डिस्सिप्लिन आस्मा प्याकुरेल, मिस फोटोजेनिक श्रीया रजक र बेस्ट् नर्सिङ थिम ड्रेस अनु कुमाल, सोसल्ली रेस्पोन्सिबल सरिता राई र मस्ट् पपुलर साजन केसी घोषित भए ।
मिस नेपाल वल्ड २०१६ अस्मी श्रेष्ठ, फोटोग्राफर राजभाई सुवाल, डा.लोचन कार्की, डा. सन्ध्या चापागाई लगायत प्रतियोगीताको निर्णायकमा रहेको थिए ।
रोजिन शाक्यको कोरियोग्राफी, शेखर केशजु क्रियटिभ निर्देशक, पुरुषोतमा खतिवडा इभेन्ट कोअडिनेटर रहेको प्रतियोगीताको फाइन स्पर्धामा प्रतियोगी डिजाइनर अनु श्रेष्ठ र जोशीला श्रेष्ठले तयार पारेका पहिरनमा सजिएका थिए । बिजेता रजतले ‘मिस वल्र्ड पिस २०१८’मा नेपालको प्रतिनिधित्व गर्न पाउने छिन् । प्रतियोगिताको नेपाल ब्रेस्ट क्यान्सर फाउन्डेसनसँगको सहकार्यमा नेक्स्ट् मोडल्स नेपाल आयोजक हो ।






