काठमाडौं,
चैत १० ।
केहि समय अगाडी भारतीय डान्स रियालिटी शो ‘डान्स च्याम्पियन’ मा बलिउडका स्टार सलमान खान र कट्रिना कैफको अगाडी नृत्य गरेर चर्चामा आएका सुशान्त खत्रीले नेपाली म्युजिक भिडियोमा अभिनय गरेका छन् । पछिल्लो समय पारिवारिक भेटघाटका लागि नेपाल आइपुगेका सुशान्तले शान थापाको निर्देशनमा तयार भएको भिडियोमा नृत्य गरेका हुन् ।
जीवनकै पहिलो म्युजिक भिडियोको रुपमा उनले ‘यो मुटु दुख्छ किन’ बोलको गीतमा अभिनय गरेका हुन् । गीतमा उनि एक्लै फिचरिङ छन् । सार्वजनिक गीतमा दर्पण राईको शब्द र सङ्गीत रहेको छ भने यसलाई राजेश पायल राइले गाएका छन् ।
दर्पणले शब्दमा कोरेको मायाको भावलाई सुशान्तले आफ्नो डान्सीङ मुभ मार्फत व्यक्त गरेका छन् । गीतको कोरियोग्राफ राजिव समरसँग मिलेर सुशान्तले नै गरेका हुन । यसमा अनिल के. मानन्धरको छायाँकन, विजय बस्यालको ग्राफिक्स, सुप्रिम पराजुलीको सम्पादन रहेको छ । गीतलाई एमएमएस इन्टरटेन्मेन्ट नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
‘मलाई नेपाली गीतमा कहिले नाच्छौ भन्ने प्रश्न निकै आउथ्यो, यस गीत मार्फत त्यसको अन्त्य भएको छ । यो मेरो जीवनकै पहिलो म्युजिक भिडियो हो’ सुशान्तले भने ।
https://youtu.be/R8veIDvSNdw






