थाइल्यान्डमा आयोजना भएको ‘मिस्टर ग्लोबल टिन २०१८’ को टप पाँचमा राज

काठमाडौं,
चैत ८ ।

थाइल्यान्डमा आयोजना भएको ‘मिस्टर ग्लोबल टिन २०१८’ को टप पाँचमा राज खड्का पर्न सफल भएका छन् । ‘मिस्टर ग्ल्यामरस आइकन टिन २०१८’ को दोस्रो संकरण विजेता राज खड्का थाइल्यान्डमा आयोजना भएको ‘मिस्टर ग्लोबल टिन २०१८’ को टप ५ मा पर्न सफल भएका हुन ।

उनले टप ५ मा पर्नुका साथ साथै बेस्ट ट्यालेन्ट अवार्डपनि हात हात परेका छन् । उनि नेपालका तर्फबाट प्रतिनिधित्व गरेर त्यसतर्फ प्रस्थान् गरेका थिए ।

बिजेता राज खड्कालाई मिस्टर ग्लोबल इन्टरनेसनल नेपालका कन्ट्री डाइरेक्टर, ड्रिम सर्च एजेन्सीका सिइओ, फोटोग्राफर कमल क्षेत्रीले उक्त प्रतियोगितामा पठाउने ब्यबस्था गरेका थिए । प्रतिस्प्रधाको लागि मोडेल तथा कोरियोग्राफर दिक्पाल कार्कीले आबश्यक प्रशिक्षण उपलब्ध गराएका थिए ।

उक्त प्रतियोगितामा ग्वाम आइसल्याण्डका १६ वर्षिय किन आर आर्टेराले मिष्टर ग्लोबल टिन–२०१८को उपाधि जितेका थिए भने कोरियाका येवान ली फस्ट रनर्स अप तथा तथा श्रीलंकाका पासन वीरासेकारा सेकेन्ड रनर्स अपको उपाधि जित्न सफल भए ।

त्यस्तै मलेसियामा एसियन मुलुकहरुका विवाहित नारीहरुको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस एशिया प्यासिफिक ब्युटी प्याजेन्ट २०१८’ मा नेपालको तर्फबाट गोमा अधिकारी र विन्दु लामाले प्रतिस्पर्धा गरिरहेका छन ।

यसमा तपाइको मत

अन्य समाचार