काठमाडौं,
चैत ८ ।
चलचित्र लिलिबिलीको पोस्टर सार्वजनिक गरिएको छ । यो वर्षको अन्तिम प्रतिक्षित नेपाली चलचित्र लिलिबिलीको पोस्टर सार्वजनिक गरिएको हो ।
यस अघि चलचित्रका दुई गीत र ट्रेलर सार्वजनिक भइसकेका छन् । यसैबीच चैत ३० गते रिलिज हुने चलचित्रको तीन पोस्टर सार्वजनिक गरिएको हो । सार्वजनिक तीनै पोस्टरमा प्रदीप खड्का र जसिता गुरुङ मात्र फिचरिङ छन् ।
काफिया फिल्मस्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको यो चलचित्रमा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ ।
मिलन चाम्सले निर्देशन गरेको चलचित्रमा प्रियंका कार्की, अनुप विक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, धु्रव दत्त, रितेश चाम्सलगायतका कलाकारको पनि मुख्य भूमिका छ ।
सुदिप बरालले खिचेको चलचित्रमा चन्द्र पन्तको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी र अर्जुन जि सीको सम्पादन रहेको छ ।






