लखपती माग्नेको छायाँकन शुरु

काठमाडौं,
चैत ८ ।

चलचित्र लखपती माग्नेको छायाँकन शुरु भएको छ । नेपालकै पहिलो महिला सिनेमाटोग्राफर सवनम मुखीयाको निर्देशनमा निर्माण हुँदै गएको चलचित्र लखपति माग्नेको छायांकन प्रारम्भ भएको हो ।

ड्रिम वल्र्ड अफ फिल्म मेकर्स प्रा.लि.ले निर्माण गर्न लागेको चलचित्र लखपति माग्नेलाई प्रकाश चन्द्र महर्जनले निर्माण गर्न लागेका हुन् भने चलचित्रको सह निर्मातामा भने राजेश खड्गी रहेका छन् । चलचित्रको पचली भैरवबाट छायाँकन प्ररम्भ गरिएको छ ।

चलचित्रमा कमलमणी नपाली, विष्णु अर्याल, सोनीका शाही, अपेशा खड्का, निरु खड्का, कुमार गजुरेल, मोहन राई, चन्द्र थापा, सुनील जंग रायमाझी, सविन कटुवाल, जय जगदीश अधिकारी, ओमकृष्ण भण्डारी, सुरज प्रधान, खेमानन्द जैशी, विष्णुप्रसाद कोइराला, अविनाश ढकाल, किरण ढकाललगायतका कलाकारको अभिनय रहेन छ ।

शान्तिप्रिय, विशाल घोष र राजेश अर्यालको गीत र सन्तोष श्रेष्ठ, दीपक शर्मा, विशाल घोष र भुपु पाण्डेको सङ्गीत रहेको छ चलचित्रमा । चलचित्रको गीतमा युवराज चौलागाई, कृष्ण काफ्ले, विन्दु परियार, टिका प्रसाई, भुपु पाण्डे र विशाल घोषको स्वर रहेको छ ।

चलचित्रमा रामेश्वर हुमागाई छायांकार रहेका छन् । तारा थापा किम्भेले चलचित्रको सम्पादन गर्नेछन् ।
चलचित्रको लेखक एवम् निर्देशक सवनम् मुखीयाका अनुसार छायांकन करिव ३५ दिनको हुनेछ भने काठमाडौं वरपर सहित धुलिखेलमासमेत चलचित्रको छायाँकन गरिने छ ।

यसमा तपाइको मत

अन्य समाचार