काठमाडौं,
चैत ७ ।
क्रान्तिशीखा धिताल मिस ग्लोब इन्टरनेशनल भएकी छिन् । विभिन्न उमेर र समूहका लागि सौन्दर्य तथा प्रतिभामूलक प्रतियोगिता गर्दै आएको स्टार इन्टरटेनमेन्टद्धारा आयोजित तेस्रो संस्करणको मिस ग्लोब इन्टरनेशनलमा रोल्पाकी २१ वर्षिया क्रान्तिशिखा धिताल बेष्ट पर्सनालिटी उपउपाधिसहित प्रमुख उपाधि विजेता भएकी हुन् । यसअघिको प्रतियोगितामा मैतीदेवीकी मीना बासकोटा मिस ग्लोब इन्टरनेशनल भएकी थिइन् ।
अश्विनी झाको कोरियोग्राफी र कार्यक्रम सञ्चालनमा भएको प्रतियोगितामा ललितपुरको कुसुन्तीकी २१ बर्षिया ओसन प्रधान वेष्ट फिजीकसहित फष्ट रनर्सअप, बल्खुकी निर्जला अधिकारी बेष्ट वाक, मस्ट फोटोजेनिक र मिस ट्यालेन्टसहित सेकेण्ड रनर्सअप तथा रीना बोमजन मस्ट कन्फिडेन्टसहित थर्ड रनर्सअप भएकी थिइन् ।
राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा भएको प्रतियोगितामा सानु परियार वेष्ट हेयर, सुरुची तामाङ बेष्ट स्किन, विनिता कुमारी ठाकुर बेष्ट फिटनेश, श्रृष्टि शर्मा मष्ट फ्रेण्डली, रिमा भट्टराई मिस कन्जिनियालीटी, श्वेता खनाल मष्ट डिसिप्लिन र मष्ट एक्टिभ, यमुना बिष्ट फेसबुक च्वाईस र भ्यूवर्स च्वाईस तथा अनुशा श्रेष्ठ बेस्ट डान्सर र मष्ट आईकोनिक आईज भएका थिए ।
विभिन्न मनोरञ्जक प्रस्तुतिका साथ सम्पन्न प्रतियोगितामा हिसानका अध्यक्ष तथा गोल्डेन गेट ईन्टरनेशनलका सिईओ रमेश सिलवाल, नायिका खुश्वु खड्का, मिसेस नेपाल ईन्टरनेशनल सुरुची पाण्डे, पत्रकार सुर्य चन्द र सङ्गीतकार सरोज प्याकुरेल निर्णायक रहेका थिए ।
प्रतियोगिताकी आयोजक पुजा निरौलाले युवतीहरुको व्यक्तित्व र आत्मविश्वास अभिबृद्धीका लागि मिस ग्लोब इन्टरनेशनल आयोजना गरिएको बताईन् । कार्यक्रम सम्राट शाहको संयोजनमा भएको थियो ।






