नेप्टेको पोष्टर सार्वजनिक

काठमाडौ,
चैत ५ ।

चलचित्र ‘नेप्टेको पोष्टर सार्वजनिक भएको छ । आगामी चैत ३० गते देखि देशभरका सिनेमाघरमा आउने तयारी गरेको चलचित्र ‘नेप्टे’को पोष्टर सार्वजनिक भएको हो ।

‘सुपारी काँचो’ र ‘दिल रानी’ बोलको गीतसँगै कमेडी ट्रेलरका कारण दर्शकमाझ प्रतिक्षीत बनेको चलचित्रको पोष्टरमा रोहित रुम्बा, छुल्ठिम गुरुङ्ग, दयाहाङ राई, ए गुरुङ, वुद्दि तामाङलगायतका कलाकारहरु अटाएका छन् ।

देवकुमार श्रेष्ठको निर्देशन रहेको चलचित्रमा किरण माइकलको पटकथा एवम् संवाद रहेको छ भने रोहित आफैंले कथा लेखेका छन् ।

रोहित रुम्बाद्वारा निर्मित ‘नेप्टे’मा हरि घले लामाको छायाँकन, सन्तोष राज, बाबु बोगटी र ओम सुनारको सङ्गीत रहेको छ ।
कविराज गहतराजको कोरियोग्राफी, तारा थापा ‘किम्भे’को सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व रहेको यो चलचित्रमा पूर्णिमा लामा, अरुणा कार्की, प्रनिशा सिलवाल, उत्तम केसीलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

अभिनेता जय किशन बस्नेतलाई चलचित्रमा केमियो गर्दै गरेको देख्न सकिनेछ । चलचित्रमा छुल्ठिम र रोहितको प्रेममा दया भिलेन बनेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार