काठमाडौ,
चैत ५ ।
चलचित्र ‘हिरोज’ को ‘यो प्रित…’ गीत सार्वजनिक भएको छ । अभिनेत्री पूर्णिमा लामाले निर्माण गरेको ‘हिरोज’ चलचित्रमा समाबेश ‘यो प्रित…’ बोलको गीत सार्वजनीक गरिएको हो ।
यही चैत २३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको सार्वजनिक गीतमा करिश्मा मानन्धर र मुकेश ढकाललाई ‘फिचर’ गरिएको छ । गीतमा करिश्मा र मुकेशको प्रेमभाव झल्काइएको छ ।
प्रल्हाद तिमिल्सिना र प्रबिशा अधिकारीले गाएको गीत शंकर अधिकारी घायलले लेखेका हुन् । बिकास चौधरीले सङ्गीत गरेको गीतको कोरियोग्राफी रामजी लामीछानेले गरेका छन् ।
एनबि महर्जनको निर्देशनमा बनेको चलचित्रका सार्वजनीक टे«लर र गीत अहिले चर्चामा छन् । एक्शन लभस्टोरी चलचित्रमा बेरोजगारीको पीडा, महिला हिंसा, राजनैतिक बिकृति, अन्याय बिरुद्धको आवाजका साथै प्रेमकथा प्रस्तुत गरिएको बताइन्छ ।
चलचित्रमा करिश्मा मानन्धर, जयकिसन बस्नेत, पूर्णिमा लामा, मुकेश ढकाल, संजोग राणा, दिलकृष्ण श्रेष्ठ, सहिन प्रजापति, दिनेश डिसीलगायतका कलाकारले अभिनय गरेका छन् ।
जयलक्ष्मी फिल्मस्को ब्यानरमा निर्मित ‘हिरोज’ को प्रस्तुतकर्ता लक्ष्मी लामा छिन् भने निर्मातामा युवराज लामा, शेखर लामा र संजोग राणा छन् । शिब ढकाल र रामशरण उप्रेतीले खिचेको चलचित्रमा कमल राई, कबिराज गहतराज र रामजी लामीछानेको कोरियोग्राफी छ ।
चलचित्रको द्वन्द्व शंकर महर्जनले निर्देशन गरेका हुन् । नयाँ बर्षको उपहार स्वरुप दर्शकमाझ ल्याउन लागीएको चलचित्रप्रति आफू निकै आशावादी रहेको पूर्णीमा बताउछिन ।






