काठमाडौं,
चैत ५ ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको हस्तकला विभागद्वारा गत फागुन २५ गते देखि आयोजित कपडाको फ्लावर भास बनाउने हस्तकला प्रशिक्षण कार्यक्रम १० दिन पछि समाप्त भएको छ । काठमाडौंको चागल स्थित जिल्ला शिक्षा कार्यालय भवनमा सञ्चालित उक्त प्रशिक्षण कार्यक्रम वरिष्ठ हस्तकलाकर्मी उर्मिला उपाध्याय गर्गको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
कुल २७ जना सहभागी प्रशिक्षार्थीहरु रहेको उक्त कार्यशालामा प्रशिक्षकद्वय निलम ताम्राकार तथा निपूर्ण बज्राचार्यले प्रशिक्षण दिएका थिए । २७ जना प्रशिक्षार्थीहरुले कुल ५० वटा भन्दा बढि फ्रलावर भासको निमार्ण गरे ।
समापन समारोहमा प्रशिक्षक निलम ताम्राकार, प्रशिक्षार्थी विना महर्जन, संयोजक स्मृति चित्रकार, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको हस्तकला विभाग प्रमुख सुषमा राजभण्डारी, प्रमुख अतिथि उर्मिला उपाध्याय गर्ग, सभापति एवम् नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति रागिनी उपाध्याय लगायतले आ–आफनो मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका परिषद् सदस्यहरु प्राज्ञ एस.के सुमन, नारदमणी हार्तम्छाली, त्यस्तै प्राज्ञ सभाका सभासदहरु चन्दा श्रेष्ठ, मिथिलादेवि यादव, अरुणा हिमाङ्ग, राजमान महर्जन, वडा नं १३ का वडा सदस्य रामबाबु कोईराला, वडा नं १५ का वडा सदस्य मैया महर्जन, सृजनशिल समुन्न नेपालका अध्यक्ष शान्ती सिंह शाही तथा अन्य गन्यमान्य व्यक्तिहरुको समेत उपस्थित रहेको थियो ।
मन्तब्यको क्रममा कार्यक्रमका प्रमुख अतिथि तथा वरिष्ठ हस्तकलाकर्मी उर्मिला उपाध्याय गर्गले यस क्षेत्रमा आफ्नो विगत ५० वर्ष देखिको अुनभव सुनाइन भने पैसा कै लागि भनेर मात्र कलाकारिता नगर्न आग्रह समेत गरिन । पैसा भन्दा ठूलो माया, प्रे्रम र भावनाको सम्वन्ध हुन्छ भन्ने कुरामा जोड दिदै उनले कला देशलाई उठाउन निरन्तर साधानको आवश्यक छ भनिन् ।
त्यसैगरी कार्यक्रमका सभापति एवम् नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति रागिनी उपाध्यायले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको हालको अवस्था प्रकाश पार्दै नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले गर्दै आएको कामहरुका बारेमा जनाकारी गराइन । यो भन्दा राम्रो र गुणस्तरिय कार्यक्रमको आयोजनाले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान सधैं तत्पर रहने विश्वासपनि दिलाइन ।
प्रशिक्षक निलम ताम्राकारले यस किसिमको प्रशिक्षण तालिमकोलागि समय अभाव भएको र बजेटपनि अपुग रहेको कुरालाई जोड दिदै कार्यक्रम सफल भएको बताए । त्यस्तै नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान हस्तकला विभागका प्रमुख तथा प्राज्ञ सुषमा राजभण्डारीले उपस्थित सबैलाई स्वागत एवम् धन्यवाद ज्ञापन गर्दै अगामी दिनहरुमा हुने कार्यक्रममा सबैको साथ र सहयोगको अपेक्ष समेत राखिन । उनले समग्रमा समय र बजेटको अभावका बाबजुत पनि कार्यक्रम सफल रहेको बताइन ।
कार्यक्रमको संयोजक स्मृति चित्रकारले कार्यक्रम सफल बनाउन उल्लेखनिय सहभागी रहेको र कार्यक्रम अवधिभर धेर्यताका साथ प्रर्शिक्षक तथा प्रर्शिक्षार्थीहरुको तारिफ गरिन । अगामी दिनहरुमा पनि यस्तै खालका कार्यशालाहरुलाई निरन्तरता दिने जानकारी गराइन ।






