काठमाडौं,
चैत ४ ।
‘व्युटिसियन ट्यालेन्ट नेपाल–२०१८’ हुने भएको छ । यसका लागि अडिसन शुरु भएको हो । यो प्रतियोगिताका लागि काठमाडौंमा प्रथम अडिसन गरिएको छ । पहिलो अडिसनबाट १८ जना प्रतियोगी छानिएका छन् । प्रतियोगीताको लागि ५ चैतमा पुन अर्को अडिसन राखिएको आयोजकले जनाएको छ ।
शनिबार चयन भएकाहरुमा सरिता भारती, सुहाना अर्याल, बिना रानामगर, रजनी श्रेष्ठ, रञ्जना श्रेष्ठ, दीपा अधिकारी, एलिना श्रेष्ठ, कृष्टिना महर्जन, मेघ्ना देउला, नविना अधिकारी, दीपा महर्जन, मिना गुरुङ, कुसुम तामाङ, रजनी भुजेल, सपना थापामगर, अञ्जु कार्की, कविता बानियाँ र प्रविना श्रेष्ठ रहेका छन् ।
विलक्षण क्रियसन, रोज व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर र रोज सिप प्रशिक्षण केन्द्र रविभवनको आयोजनामा हुन लागेको व्युटिसियन ट्यालेन्ट नेपाल–२०१८का लागि अफिसियल कोरियोग्राफी जयन सुब्बा मानन्धर रहेकी छिन् ।
व्युटिसियनहरुको प्रतिभा प्रस्तुति, उनीहरुमा भएको व्युटिसियन कलालाई प्रोत्साहन सहित व्यक्तित्व विकाशका लागि यो प्रतियोगिता आयोजना गरिएको रोज व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर र रोज सिप प्रशिक्षण केन्द्रकी अध्यक्ष सोनी कारञ्जितले जानकारी गराईएकी छिन् ।
प्रशिक्षणका क्रममा व्युटिसियनहरुलाई व्युटी सम्बन्धि नै विभिन्न प्रशिक्षण दिईने भएको छ । जसमा नेल आर्ट, सेल्फ मेकअप, मोडर्न मेकअप, मोडलिङ तथा फिल्म मेकअप, इफेक्ट मेकअप, मोर्डन हेयर स्टाईल, कस्मेटिक सेन्स, फेशन अनुसारको मेकअप, उद्घोषण, व्यक्तित्व विकाश जस्ता विभिन्न प्रशिक्षण दिईने भएको छ ।
व्युटिसियन ट्यालेन्ट नेपालको चयन आगामी २७ चैतमा राजधानीको जमल स्थित राष्ट्रिय नाचघरमा हुने भएको छ । बिजेताले २५ हजार रुपैयाँ सहित विभिन्न उपहार र एक चर्चित कस्मेटिकको ब्राण्ड एम्बेस्डर बन्ने छिन् । यस्तै फस्ट रनर अप र सेकेन्ड रनर अपले मेकअप सामग्री सहित भ्यानिटी बक्स र विभिन्न उपहार प्राप्त गर्नेछन् । प्रतियोगी सबैले विभिन्न कस्मेटिक उत्पादन कम्पनीबाट कस्मेटिक उपहार प्राप्त गर्नेछन् ।






