सरुको मैले साँस फेर्दा (भडियोसहित)

काठमाडौं,
चैत २ ।

गायिका सरु गौतमको ‘मैले साँस फेर्दा’ सार्वजनिक भएको छ । स्वरमा भाई सरोज गौतमसँग सहकार्य गरेर उनले ‘मैले साँस फेर्दा’ बोलको गीत सार्वजनिक गरेकी हुन् । भाई सरोजको जन्मदिनको अवसर पारेर गीत शुक्रबार युट्युबमार्फत रिलिज गरिएको हो । प्रभा बर्तौलाको शब्द रहेको गीतमा दिपक शर्माको सङ्गीत भरेका छन् ।

सेन्टिमेन्टल फ्लेबरको यो गीतको भिडियोमा सरु र सरोज दुवै देखिएका छन् । भिडियोमा उनीहरु स्टेजमा पर्फम गर्दै गरेको अवस्थामा छन् । यसअघि सरुको ‘के यो माया हो’ बोलमा सरोजले अभिनय समेत गरेका थिए । ‘भाईंको स्वर पनि राम्रो छ । त्यसैले दुवै मिलेर गीत निकालेका हौं,’ सरुले भनिन् ।

https://www.youtube.com/watch?v=za97_JSHZOs&feature=youtu.be

यसमा तपाइको मत

अन्य समाचार