मोफसल टुर सक्यो ‘शत्रु गते’ले

काठमाडौं,
चैत १ ।

आगामी चैत ९ गतेदेखि देशभकार सिनमाघरमा आउने तयारी गरेको चलचित्र ‘शत्रु गते’ले मोफसल टुर सकेको छ । रुस्लान भोड्कासँगको सहकार्यमा ‘रुस्लान मह शत्रु गते यात्रा’ नाम दिइएको टुरमा चलचित्रका निर्माता तथा कलाकार हरिवंश आचार्य, प्रस्तुतकर्ता किरण केसी, अभिनेत्री दीपाश्री निरौला, शिवहरि पौडेल, पल शाह र आँचल शर्मा सहभागी थिए । गत फागुन २३ मा हेटौडाबाट सुरुवात भएको टुर २४ गते नारायणगढ, २५ गते बुटवल, २६ गते पोखरा, २८ गते बिर्तामोड, २९ गते दमक हुदै ३० गते इटहरी पुगेर सकिएको हो ।

चलचित्रका बारेमा जानकारी गराउने तथा दर्शकसँग प्रत्यक्ष भेटघाट गर्ने उद्देश्यले टुरको आयोजना गरिएको निर्माण युनिटले जनाएको छ । चलचित्र युनिट माथि उल्लेखित स्टेसनमा कन्सर्ट तथा पत्रकार सम्मेलन मार्फत स्थानिय र सञ्चारकर्मीलाई जानकारी गराएका थिए ।

चलचित्रलाई मह सञ्चारको ब्यनारमा निर्माण गरिएको छ भने यसका प्रस्तुतकर्ता किरण केसी हुन् । चलचित्रमा हरिवंश आचार्यको कथा रहेको छ । पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसँग मिलेर तयार गरेका हुन् ।

यसमा छायाँकन दीर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन् । यसमा दीपकराज गिरी, दीपाश्री निरौला, नरेन्द्र कंसाकार, शिवहरी पौडेल, यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार