काठमाडौं,
फागुन ३० ।
विश्वका चर्चित बैज्ञानिक स्टीफन हकिङ्गको ७६ वर्षको उमेरमा निधन भएको छ । मोटर न्यरोन नामक बिरामी उनको शरीरका थुप्रै भाग चल्दैनथ्यो त्यसै कारणले उनको मृत्यु भएको बताइएको छ ।
उनी विश्वमा न्युटनपछिका ठूला बैज्ञानिक मानिन्छन् । उनलाई आधुनिक विज्ञानका पिता भनेर पनि चिनिन्छ । हकिङ्ग क्याम्ब्रिज विश्वविद्यालयमा सैद्धान्तिक ब्रम्हाण्ड विज्ञान केन्द्रका शोध निर्देशक समेत रहेका उनले ब्ल्याक होल पत्ता लगाएका थिए ।
उनलाई अमेरिकाले सबैभन्दा उच्च नागरिक सम्मान दिएको छ । उनको ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ किताब चर्चित छ । यो सर्वाधिक बिक्री भएको पुस्तक हो । हकिङ्गको जन्म बेलायतमा ८ जनवरी १९४२ मा भएको थियो ।
स्टीफन हकिङ्ग न्युटनपछिका ठूलो बैज्ञानिक मानिन्छन् । ब्याक होल पत्ता लगाएका उनलाई खगोलशास्त्रका चर्चित बैज्ञानिक मानिन्छ ।
उनलाई सन १९६३ मा दुर्लभ रोग मोटर न्यरोनको उपचार गरिएको थियो, त्यसबेला नै चिकित्सकहरुले केही बर्षमात्र बाँच्न सक्ने बताएका थिए । त्यसपछि उनी व्हीलचियरको सहारा लिन बाध्य भए र ‘भ्वाइस सिन्थोसाइजर’ सहाराले मात्र बोल्थे । तर चिकित्सकका घोषणा विपरित लामो समय बाँचेर विश्वलाई आफ्ना अमुल्य सिद्वान्त र कृति दिएर विदा भएका हुन् । उनको ‘अ ब्रिफ हिष्ट्री अफ टाइम’ सबैभन्दा चर्चित पुस्तक हो, जो १ करोडभन्दा बढी बिक्रि भएको थियो ।
उनलाई अमेरिकाले सबैभन्दा उच्च नागरिक सम्मान दिएको छ । हकिङ्ग क्याम्ब्रिज विश्वविद्यालयमा सैद्धान्तिक ब्रम्हाण्ड विज्ञान केन्द्रका शोध निर्देशक समेत थिए । हकिङ्गको जन्म बेलायतमा ८ जनवरी १९४२ मा भएको थियो । सधैं व्हील चियरमा रहने उनले शारीरिक असक्षमताका बाबजुद मानिसले केसम्म गर्न सक्छ भन्ने मानक बनाएका छन् । सन् २०१४ मा हकिन्स पहिलोपटक फेसबुकमा छाएका थिए । फेसबुकको पहिलो पोस्टमा उनले लेखेका थिए ‘म हमेसा सृष्टिको रचनामाथी केन्द्रित छु । समय एवं अन्तरिक्ष हमेसाका लागि रहस्य बन्न सक्छ । यसमा मेरो कोसिस रोकिन्न ।’
हकिङ्गले पारमाणिक युद्धको जोखिम र विश्वव्यापी जलवायु परिवर्तनले पृथ्वीको आयुमा चुनौति थपिरहेको बताउने गरेका थिए । ‘यसबाट मानवजातिलाई जोगाउने एक मात्र उपाय भनेको अर्को बस्नयोग्य ग्रह पत्ता लगाउनु हो,’ उनले भनेका थिए, ‘मानवताको भविष्यका लागि हामीले अन्तरिक्षमा जाने सिलसिला जारी राख्नुपर्छ । हामी यो संवेदनशील ग्रहमा अर्को एक हजार वर्षभन्दा बढी जीवित रहन सक्नेछैनौं ।’






