काठमाडौं,
फागुन २४ ।
‘मनको कुरा’ लिएर आएका छन् रबिन्द्र सामुएल । उनले स्रोता दर्शकमाझ ‘मनको कुरा’ लिएर आएका हुन् । गीत युटुब मार्फत सार्वजनिक गरिएको हो ।

जितेन लेप्चाको शब्द तथा सङ्गीतमा रहेको गीतमा फनेन्द्र राईको एरेन्ज रहेको छ । गीतको भिडियोमा कृष्टिना थापा र धर्म घिमिरेलाई फिचरिङ गरिएको छ । यसलाई दिनेश पराजुलिले खिचेका हुने भने मिलन शंकरले निर्देशन गरेका छन् ।
‘स्रोता दर्शकमाझ मेरो गीत लिएर आएको छु मन पराइदिनुहुनेछ भन्ने आशावादी छु’, रबिन्द्र सामुएलले भने ।






