काठमाडौं,
फागुन २४ ।
चलचित्र जय भोलेको सम्पुर्ण छायांकन सकिएको छ । एए ग्रुप अफ कम्पनीज र फिल्म वर्ल्डको ब्यानरमा फागुन १ गते अर्थात शिवरात्रीको अवसर पारेर छायांकन सुरु गरेको चलचित्र ‘जय भोले’ले सम्पुर्ण छायांकन सकाएको हो ।
करीब १२ बर्षपछि पुन: चलचित्र निर्देशनमा फर्किएका निर्माता एवम् निर्देशक अशोक शर्माको निर्देशन रहेको यस चलचित्रको छायांकन २१ दिनमै सकिएको हो ।
ह्युमर सहितको सोसल ड्रामामा निर्माण भएको यस चलचित्रमा खगेन्द्र लामिछानेको कथा, पटकथा संवाद र पुरुषोत्तम प्रधानको छायांकन रहेको छ । किरण शर्मा, कृति शर्मा र अंकित शर्मा निर्माताका रुपमा रहेको चलचित्रमा वसन्त श्रेष्ठको नृत्य, राजनराज शिवाकोटीको र कल्याण सिंहको संगीत, राजेशपायल राई, मेलिना राई,राजनराज शिवाकोटीको स्वर र डा. कृष्णहरि बरालको शब्द छ ।
रोशन विक्रम भट्टराईको द्वन्द र राजु ढुंगानाको सम्पादन रहेको चलचित्रमा खगेन्द्र लामिछाने, सौगात मल्ल,बसुन्धारा भुसाल, बुद्धि तामाङ, स्वस्तिमा खड्का, सलोन बस्नेत, जयनन्द लामा, राजाराम पौडेल, रामचन्द्र अधिकारी, शारदा गिरी, सुरेन्द्र केसी, किशोर भण्डारी, अशोक शर्मालगायतका कलाकारहरुको भूमिका छ ।






