बिद्यादेवी भण्डारीको पुन: उमेद्वारी

काठमाडौं,
फागुन २३ ।

राष्ट्रपति निर्वाचनका लागी वर्तमान राष्ट्रपति विध्यादेवी भण्डारीले उमेदवारी दर्ता गराउनु भएको छ। आगामी २९ गते हुने राष्ट्रपति निर्वाचनकालागी नेकपा ऐमाले र नेकपा माओबादी केन्द्रको सर्मधनमा वर्तमान राष्ट्रपति विध्यादेवी भण्डारीले मनोनयन दर्ता गराउनु भएको हो ।

उहाँको प्रस्तापकमा नेकपा ऐमालेका नेताहरु माधब कुमार नेपाल, भीम रावल, ईश्वर पोखरेल,सुवास नेम्वाङ र नेकपा माओबादी केन्द्रकी ओनसरी घर्ती मगर हुनुहुन्थ्यो।

उहाँको समर्थकमा रामबहादूर थापामगर विष्णु पौडेल गोकर्ण विष्ट भानुभक्त ढकाल र रविन्द्र अधिकारी हुनुहुन्थ्यो।

उहाँले राष्ट्रपति निर्वाचनको कार्यालय नयाँ बानेश्वर गई आफ्नो उमेदवारी दर्ता गराउनु भयो । सो अवसरमा प्रधान मन्त्री के पी शर्मा ओली समेत उपस्थित हुनुहुन्थ्यो । नेपाली काँग्रेसका तर्फबाट कुमारी लक्ष्मी राईले उमेदवारी दर्ता गराउनु भयो ।

उहाँको प्रस्तापकमा नेपाली काँग्रेसका चित्र लेखा यादव, मानबहादूर विश्वकर्मा ,सुरेन्द्रराज पाण्डे, देवेन्द्रराज कँडेल र पार्वती डीसी चौधरी रहनु भएको छ उहाँको सर्मथकमा सरिता प्रसाई, सुजाता परियार ,मेखराज श्रेष्ठ, शिव चन्द्र चौधरी र राधा घले हुनुहुन्थ्यो ।

यसमा तपाइको मत

अन्य समाचार