एकसय वटा सिनेमा घरमा पञ्चायत आउँदै

काठमाडौं,
फागुन २३ ।

पञ्चायती शासन व्यवस्थाका बेला एउटा गाउँको सामाजिक विषय र न्याय प्रणालीलाई आधार बनाएर निर्माण गरिएको चलचित्र ‘पञ्चायत’ मौलिक र अर्गानिक फिल्म भएको निर्माण समुहले बताएको छ ।

चलचित्रबारे निर्माण युनिटले चितवनको भरतपुरमा पत्रकार सम्मेलन गर्दै ऐतिहासिक र मौलिक खालको चलचित्र बनेकाले दर्शकको मायाँ पाउनेमा विश्वस्त रहेको जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका मुख्य कलाकार नायक सरोज खनालले वर्षौ–वर्षसम्म अर्काईभ९अभिलेख० गरेर राख्ने खालको चलचित्र बनेको भन्दै चलचित्र हेर्न दर्शकलाइ अनुरोध गरे ।

‘चलचित्र ‘प्रेमपिण्ड’ मन पराउने दर्शकले पञ्चायत झन् हेर्नुपर्छ, खनालले भने, एउटा कालखण्डको छाउपडी प्रथा र न्याय प्रणालीको कस्तो थियोरु त्यो यसबाट प्रष्ट हुन्छ ।’

उनका अनुसार पहिले च्यारिटी सोमा देखिएको भन्दा फरक रुपमा पञ्चायत आउन लागेको छ। नायिका नीता ढुंगानाले उक्त चलचित्रले अमेरिका भएको फिल्म फेष्टिवलमा विश्वका २१६ वटा चलचित्रलाई उछिनेर उत्कृष्ट अवार्ड पाएकोमा खुसी व्यक्त गर्दै कथामा मौलिकपन र आफ्नोपन भएको उल्लेख गरिन् ।

नायिका ढुंगानाले उक्त फेष्टिबलमा उत्कृष्ट नायिकाको अवार्ड समेत पाएकी थिईन् । ‘अवार्ड पाउनु मेरा लागि र नेपालकै लागि गौरवको कुरा हो, ढुंगानाले पत्रकारबीच भनिन्, गर्व गर्न लागक फिल्म बनेको छ।’

उक्त फिल्ममा उनी १४ वर्षकी किशोरीको भूमिकामा छिन्। चलचित्रका लेखक तथा निर्देशक शिवम् अधिकारीले निकै लामो समयपछि नेपालमा अर्गानिक चलचित्र ‘पंचायत’ बनेको दावी गरे। सातवर्ष अघि तयार भएको स्क्रिप्टले पूर्णता पाएकोमा उनले खसी व्यक्त गरे । उक्त चलचित्र आगामी चैत २ गतेदेखि देशभरका झण्डै १०० हलमा प्रदर्शन हुँदै छ ।

चलचित्रका निर्माता गणेश गिरीले अहिलेसम्म चलचित्र हेरेका दर्शकले मनपराएको उल्लेख गर्दै भने, ‘दर्शकले माया दिनेमा ढुक्क छु।’ गिरीले सबै कलाकारको उत्तिकै मेहनत परेको र मुख्य कलाकारले पैसा समेत नलिएकाले यो चलचित्र सबैको साझा भएको बताए ।

पत्रकार तथा चलचित्रका कार्यकारी निर्माता रवि अधिकारीले चलचित्रको कथाबस्तु उत्कृष्ट लागेकाले लगानी गरेको प्रतिक्रिया दिए । अहिलेको पुस्ताले हेर्नैपर्ने चलचित्र बनेको अर्की नायिका जाहान्वी बस्नेतको प्रतिक्रिया छ ।

चलचित्रका अर्का निर्माता शुसान्त श्रेष्ठका अनुसार उक्त चलचित्रको विहिवार हेटौंडामा च्यारिटी सो हुँदै छ भने फागुन २५ गते काठमाडौको कुमारीहलमा राजनीतिक नेता, बरिष्ठ कलाकार, पत्रकार, उद्योगी तथा विशिष्ट व्यक्तिहरुको सहभागितामा प्रिमियर सो हुँदै छ ।

शंकर सुवेदीको पनि लगानी रहेको चलचित्रमा रुपा राना, गीता अधिकारी, गणेश गिरी, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठको समेत अभिनय छ

यसमा तपाइको मत

अन्य समाचार