काठमाडौ,
।
हाँस्यप्रधान चलचित्र ‘हुर्रे’ सेन्सर पास भएको छ । केन्द्रीय चलचित्र जाँचपास समिति (सेन्सर बोर्ड)ले पिजी (प्यारेन्स गाईडेड) सर्टिफिकेट सहित चलचित्र पास गरेको हो ।
२५ फागुनबाट देशव्यापी प्रदर्शनमा आउने यो चलचित्रमा रहेका केही दुई अर्थी सम्बादका कारण सेन्सरले पिजी सर्टिफिकेट पाएको हो । अब यो चलचित्र हेर्न बालबालिकालाई अभिभावकको साथ अनिबार्य चाहिनेछ ।
यम थापाले निर्देशन गरेको चलचित्रले पशुपति परिसरमा फूल बेच्ने एक यूवतीको मनोविज्ञानलाई प्रस्तुत गरेको छ । सोनम लामा, छिरिङ दोर्जे लामा र दावा शेर्पाले निर्माण गरेको हुर्र्रेमा शिव ढकालको छायांकन, कालिप्रसाद बासकोटा र राजनराज सिवाकोटीको संगीत, विक्रम स्वाँर र रोशन भट्टराइको नृत्य निर्देशन, चन्दन दत्तको सम्पादन रहेको छ ।
‘डार्क कमेडी’ जनरा भनिएको चलचित्र हुर्रेमा अनुप बिक्रम शाही, केकी अधिकारी, राजाराम पौडेल, प्रकाश घिमिरे, विजय बराल, अंकित खड्का, संगीता नापित, उपदेश तिमिल्सिना सहितको अभिनय छ ।






