चैत २ मा आउने भयो डेस्टिनेशन काठमाडौं

काठमाडौं,
फागुन ९ ।

चलचित्र डेस्टिनेशन काठमाडौं चैत २ गते देखि देशभरकार सिनेमाघरमा आउने भएको छ । स्व. निर्देशक दीपक रायमाझीको ‘ड्रिम प्रोजेक्ट’ का रुपमा रहेको चलचित्र डेस्टिनेशन काठमाडौं २ चैतमा देशब्यापी प्रदर्शनमा आउने भएको हो ।

बिदेशीलाई नेपालप्रति आकर्षित गराउदै देशको पर्यटन क्षेत्रको बिकासमा सहयोग पुर्याउनुका साथै देशको राजनीति परिवेशले पारेको प्रभावको बिषयमा केन्द्रित चलचित्रलाई अन्तर्राष्ट्रियस्तरमा प्रदर्शन गर्ने लक्ष्य निर्देशक रायमाझीको थियो । तर, उनको असमायीक निधनका कारण केही समय निर्माण कार्य रोकीएको थियो ।

निर्माण पुरा भइ बिदेशका बिभिन्न स्थानम बिशेष प्रदर्शन गरिएको चलचित्र अब चैत्र २ गते स्वदेशका हलमा प्रदर्शन गर्न लागीएको निर्माता शरदले जानकारी दिएका छन् ।

निर्देशक रायमाझीको निधनपछि अर्का निर्देशक मधुसुदन भट्टराईको कार्यकारी निर्देशनमा पूरा भएको चलचित्रमा दीलिप रायमाझी, झरना थापा, सहारा मावबे, केशब भट्टराई, बिक्रम मल्ल ठकुरी, रबि गिरी, बिकास चापागाई, नरेन्द्र थापा, रामचन्द्र अधिकारी, रश्मी भट्ट, रोशनी सापकोटाका साथै बालकलाकार सृजेश अधिकारी, सत्यम अधिकारी र युनिशा लामीछाने प्रमुख भूमिकामा छन् ।

राजु थापा र सौरभ लामाले खिचेको चलचित्रमा निखिल बिश्वास, रमेश खड्का र राजन तिमिल्सिनाको सङ्गीत छ । शरद अधिकारीले निर्माण गरेको चलचित्र जनपुकार मिडिया हाउसको ब्यानरमा निर्माण भएको हो ।

यसमा तपाइको मत

अन्य समाचार