सिनेमा घरमा ‘बक्स अफिस’

काठमाडौं,
फागुन २ ।

नेपाल चलचित्र बिकास बोर्डले फाल्गुन ७ देखि लागु हुनेगरी बक्स अफिस प्रणाली इ टिकेटिङ शुरु गरिएको छ । मंगलबार राजधानीमा बोर्डले पत्रकार सम्मेलनको आयोजना गरी बक्स अफिस प्रणालीबारे बृहत जानकारी दिएको छ ।

सुचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतको प्रमूख आतिथ्यमा सम्पन्न कार्यक्रममा बोर्ड अध्यक्ष, निकिता पौडेल, बक्स अफिस कार्यन्वयन समिति संयोजक नरेन्द्र महर्जन, सदस्यहरु प्रदीप कुमार उदय, आकाश अधिकारी उपस्थीत भएका थिए ।

बक्स अफिस सिष्टम बोर्ड मातहतमा रहने छ । जसको सञ्चालन सुबिसु नेटर्वकको सहकार्यमा डाटाहवले गर्नेछ । यस्तै उपत्यका बाहिर सञ्चालनमा रहेका सिनेमा हलहरुमा सुबिसुले निशुल्क इन्टरनेट सेवा प्रदान गर्ने पत्रकार सम्मेलनमाझ बताइएको छ ।

बक्स अफिस प्रणाली आफ्नै कार्यकालमा सम्पन्न भएकोमा सुचना तथा संचार मन्त्री बस्नेत खुसी छन् । चलचित्रकर्मी, चलचित्र क्षेत्रसंग अवद्ध रहेका मानिसहशरुलाई प्रतक्ष्या वा अप्रत्यक्ष बक्स अफिस प्रणालीले फाइदा पुग्नेछ भन्ने मन्त्री बस्नेतले आश राखेका छन् । चलचित्र क्षेत्रलाई उद्योगको रुपमा स्थापित गर्न चाँडै नै दोलखामा फिल्म सिटी निर्माण कार्य थाल्ने पनि मन्त्री बस्नेतले बताएकाछन् ।

फाल्गुन देखि उपत्याका भित्र सञ्चालनमा रहेका मल्टीप्लेक्स सिनेमा हलहरुमा शुरु हुने इ टिकेटिङ सिष्टम बैशाख १ देखि सम्पूर्ण सिनेमा हलहरुमा र श्रावण १ देखि उपत्यका बाहिरका सिनेमा हलहरुमा इ टिकेटिङ सिष्टमा जडान गरिने पौडेलले बताइन । बक्स अफिस प्रणाली पूर्ण रुपमा लागु भएपछि चलचित्रका निर्माताहरुलाई मात्र हैन सिनेमा हल सञ्चालक, वितरकहरुलाई समेत फाइदा पुग्ने बोर्ड अधयक्ष पौडेलको तर्क छ । आर्थिक पारदर्शिता हुने भएका कारण चलचित्रको व्यवसायसँग जोडिएका हरेक पक्षलाई आर्थिकरुपमा उपलब्धी हुनेछ ।

बक्स अफिस प्रणालीद्वारा प्राप्त हुने आर्थिक रिपोर्ट चलचित्रका निर्माता, हल सञ्चालक र वितरकले मात्रै हेर्न पाउनेछन् बक्स अफिस कार्यन्वयन समिति संयोजक नरेन्द्र महर्जनले सुनाए ।

यसमा तपाइको मत

अन्य समाचार