काठमाडौं,
फागुन १ ।
भ्यालेन्टाइन डे लाई लक्षित गर्दै यतिवेला गीत सार्वजनिक भइरहेका छन् । यसै मेसोमा गायक सुजन तिगेला लिम्बुले आफ्नो गीत ‘कसम मन पर्यो…’ को भिडियो सार्वजनिक गरेका छन् । मायालु जोडीको लागि खास मानिने दिनलाई लक्षित गर्दै प्रेमिल भाव व्यक्त गर्ने गीत सार्वजनिक गरेका हुन् ।
गीतमा शब्द, सङ्गीत र स्वर सुजनकै रहेको छ भने यसको भिडियोमा पनि उनि देखिएका छन् । गीतको भिडियोमा सुजनसँगै एलिशा राई पनि देखिएकी छिन । गीतमा लिम्बु कल्चर झल्काउने किसिमको भेषभुषा पनि प्रयोग गरिएको छ भने सङ्गीतमा पनि त्यस किसिमका प्रयोग भएको गायक लिम्बु बताउछन् ।
यो गीत एल्बम ‘कालजयी -२’ मा सङ्ग्रहित छ । यस गीतको भिडियोमा राजिव समरको कोरियोग्राफी रहेको छ भने यसलाई अर्जुन तिवारी र उनको टिमले छायाँकन गरेका हुन् । सुप्रिम पराजुली सम्पादन रहेको भिडियोलाई शान थापाले निर्देशन गरेका छन् ।
https://www.youtube.com/watch?v=EZTxjKG3edg&feature=youtu.be






