काठमाडौं,
फागुन १ ।
भ्यालेन्टाइन डे लाई लक्षित गर्दै गायक अमृत छेत्रीले आफ्नो स्वरमा सजिएको गीत ‘मग मग’ लिएर दर्शक तथा श्रोता सामु आएका छन् । गीतमा अमृतसँगै उनकै श्रीमती संगीता छेत्री फिचरीङ छिन । गीतको भिडियोमा यी दुईको प्रेमलाई देखाइएको छ । गीतमा एक अर्काको प्रेमको चर्चा गरिएको छ ।
गीतमा एक नारायण भण्डारीको शब्द र दीपक शर्माको सङ्गीत रहेको छ । गीतलाई बुद्ध थापा र उनको टिमले छायाँकन गरेका हुन् भने यसलाई विकास धमलाले सम्पादन गरेका हुन् ।
गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । गीतलाई माया गर्ने जोडीले रुचाउने विश्वास गायक छेत्रीको रहेको छ । गीतमा माया आभास गराउने मोमेन्ट राखिएको छ ।






