अष्ट्रेलियाबाट ‘म सधै…’ भन्दै सतीस र सुरभी (भिडियोसहित)

काठमाडौं,
फागुन १ ।

अष्ट्रेलियामा छायाँकन गरिएको ‘म सधै…’ गीतको भिडियो सार्वजनिक गरिएको छ । ‘भ्यालेन्टाइम डे’को अवसर पारेर यो गीतको भिडियो सार्वजनिक गरिएको हो ।

माया प्रेमका थिममा निर्माण गरिएको भिडियोमा सुरभी मानन्धर र सतीस मानन्धर प्रेमी प्रेमीकाको रुपमा देखिएका छन् । म्युजिक भिडियो सन्दीप श्रेष्ठले निर्देशक गरेका हुन् ।

बिभिन्न आकर्षक लोकेसनमा छायाँकन भएको यो गीतमा मोडलाई रोमान्टिक तवरले प्रस्तुत गर्ने काम निर्देशकले गरेका छन् ।

स्वेदशमा थुप्रै म्युजिक भिडियो बनाएका निर्देशक श्रेष्ठले बिदेशमा बनाएको भिडियो यो नै पहिलो हो । सुवानी मोक्तानको शब्द तथा सङ्गीत रहेको गीतमा सुवानी र कमल खत्रीको स्वर रहेको छ । टेकेन्द्र शाहले सम्पादन गरेको भिडियो सौरभ मानन्धरले छायाँकन गरेका हुन् ।

यसमा तपाइको मत

अन्य समाचार