काठमाडौं,
माघ १९ ।
नेपाल आयल निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगम सञ्चालक समितिको बिहीबार साँझ सम्पन्न बैठकले पेट्रोलमा प्रतिलिटर रु एक तथा डिजेल र मट्टितेलमा प्रतिलिटर रु. दुईका दरले मूल्यवृद्धि गर्ने निर्णय गरेको हो ।
नयाँ मूल्यदर अनुसार पेट्रोलको मूल्य प्रतिलिटिर एक सय चार रुपैयाँ पुगेको छ भने डिजेल र मटितेलको प्रतिलिटर ८३ रुपैयाँ कायम भएको छ । त्यसैगरी, हवाई इन्धनको मूल्य रु पाँचले बढाएर ९५ पुर्याइएको निगमले जनाएको छ।






