मलाई किन तिम्रो माया लिएर आए सागर (भिडियोसहित)

काठमाडौं,
माघ १८ ।

गायक सागर आलेको स्वरमा रहेको नयाँ गीत ‘मलाई किन तिम्रो माया…’ सार्वजनिक भएको छ । प्रेम दिवस नजिकिँदै गर्दा सागरको प्रेमभावको गीत सार्वजनिक भएको हो ।

राज खड्काको शब्द तथा सङ्गीत रहेको गीतमा सागरको साथमा सुमिना लोको स्वर रहेको छ । सुवास नेपालको निर्देशन गरेको यस गीतको भिडियोमा राज खड्का र जुना सुन्दासको अभिनय रहेको छ ।

ज्ञानेन्द्र शर्माले छायांकन गरेको भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका छन् भने कोरियोग्राफर ओजस्वी साउद हुन् ।

यसमा तपाइको मत

अन्य समाचार