काठमाडौं,
माघ ७ ।
अवकाश प्राप्त एक आर्मी को कथामा निर्माण भएको फिल्म शेरबहादुरको पोष्टर सार्वजनिक गरिएको छ । निडर, शन्की र बलियो पात्र शेरबहादुर चलचित्रको मूख्य पात्र हो ।
शेर बहादुरको चरित्र सहित अन्य कलाकार समावेश पोष्टर सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिएको हो । शेरबहादुर आफ्नो लक्ष्य प्राप्तीका लागि केही योजना बनाउँछन् । त्यहि योजना भित्र रुमलिएका अन्य पात्रसँगको अवस्था चलचित्रको पोष्टरले चित्रण गरेको छ ।
चलचित्रको मूख्य पात्र बरिष्ठ कलाकार सुनिल थापा, कर्मा, रविन्द्र झा, मेनुका प्रधान पोष्टरमा अटिएका छन् ।
एक्शन, रोमान्स, ड्रामा समाबेश चलचित्र प्रति निर्माण पक्ष अपेक्षित छन् । चलचित्र आउँदो माघ १९ बाट देशैभर प्रदर्शन हुदैछ ।
चलचित्रका निर्देशक आर राजवंशी हुन् भने निर्माताका रुपमा बरिष्ठ छायांकार गौरीशंकर धुजु र धिराज राजवंशी रहेका छन् । गौरीशंकर धुजु नेपाली चलचित्र क्षेत्रमा ४० बर्षदेखी अनवरत रुपमा लाग्दै आईरहेका छन् ।
चलचित्रमा कोशिश क्षेत्रीको सङ्गीत, बसन्त श्रेष्ठको नृत्य, दिर्घ गुरुङ र नारायण जिसीको छायांकन तथा निमेश श्रेष्ठको सम्पादन रहेको छ । चलचित्रलाई प्रमोद क्षेत्रीले लेखेका हुन् ।






