चितवन,
पौष ३० ।
मिस्टर एण्ड मिस मोडल चितवन हुने भएको छ । चितवन जिल्लामा रहेर मोडलिङ क्षेत्रमा आउन चाहने अबिबाहित तथा बिबाहित महिला तथा पुरुषहरुको लागि मोडल सङस नेपाल प्रालिले मिस्टर एण्ड मिस मोडल चितवन २०१८ प्रतियोगिताको आयोजना गर्ने भएको छ हो ।
यस सौन्दर्य प्रतियोगिताको लागि माघ ६ गते शनिबार होटल सुप्रिम चितवनमा पहिलो अडिशन गर्न लागिएको कुरा आयोजक सस्थाले जानकारी गराएको छ । उक्त प्रतियोगिताबाट छनौट भएकाहरुलाई भबिष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न प्रतिश्प्रधाहरुमा प्रतिनिधित्व गराउने उद्देश्यले यस प्रतियोगिता गर्न लागिएको मोडल सङस नेपाल प्रालिका प्रबन्ध निर्देशक डेभिल सिंह राजपुतले बताए ।
मोडल सङस नेपाल प्रालिले आयोजना गर्न लागेको यस सौन्दर्य प्रतियोगितामा भाग लिनको लागि १६ बर्ष देखि ३० बर्ष सम्म र महिलाको उचाइ ४’ ५” र पुरुष ५’५” भन्दा माथिका प्रतियोगीहरु हुनु पर्ने मापदण्ड बनाएको आयोजकले जनाएको छ ।






