काठमाडौं,
पौष २२ ।
डिकुरा पब्लिकेसनले भृकुटीमण्डपमा २२ पुस अर्थात आजबाट ‘१२ औं बृहत् पुस्तक प्रदर्शनी’ आयोजना गर्दैछ ।
‘प्रेरणाका लागि पुस्तक’ भन्ने सन्देशका साथ शिखर सुजको प्रायोजन रहेको मेला आजबाट सुरु भई ७ माघसम्म चल्नेछ । भाषा साहित्यको प्रवर्धन, विकासका लागि भनेर आयोजना हुन लागेको मेलामा देश विदेशबाट प्रकाशन भएका १० हजार शीर्षकका पुस्तकहरु प्रदर्शनमा राखिनेछ ।
विभिन्न उमेर समुहका पाठकका लागि समेत बिषेश पुस्तहरु रहने मेलामा बालबालिकामा पढ्ने बानीको विकास गर्ने खालका बालसाहित्यका कृतिलाई विशेष महत्वका साथ राख्न लागिएको लेखक तथा डिकुरा पब्लिकेसनका अध्यक्ष पुण्यप्रसाद प्रसाईले बताए ।
नयाँ कृति बिमोचन समेत गरिने मेलामा विभिन्न पार्टीका उच्च नेता, कर्मचारी, कलाकार, साहित्यकार, पत्रकार, कुटनीतिज्ञ, शिक्षाविद् र विशिष्ठ व्यक्तित्वहरु लगायत १ लाख बढी ब्यक्तिको उपस्थिती रहने आयोजकले दाबी गरेको छ ।






