काठमाडौं,
पौष २० ।
हास्यप्रधान चलचित्र ‘अमेरिका ब्वाईज’को इन्डक्ल्याप गरिएको छ । झापा र काठमाडौंमा छायाँकन गरिएको चलचित्र ६० दिन लगाएर सुट गरिएको हो ।
चलचित्रका कार्यकारी निर्माता प्रकाश भूजेलले कथावस्तु अनुरुप सुट गर्दा २ करोड बजेट पुग्न गएको बताए । बड्डी इन्टरटेन्मेन्ट र सीबर्ड पिक्चर्सको प्रस्तुतिमा प्रवेश पौडेल निर्देशित यो चलचित्रले वैदेशिक रोजगारीको विषयलाई उठान गरेको छ ।
निर्माण यूनिटले यस अगाडि नयाँ वर्ष २०७५ लाई लक्षित गर्दै बैशाख १४ देखि चलचित्र रिलिज गराउने तयारी गरेको थियो । तर, अब यो चलचित्र आगामी जेठ ४ गते प्रदर्शनमा आउने निर्माण यूनिटले जनाएको छ ।
चलचित्रमा अर्पण थापा, सृष्टि कार्की, सन्दिप क्षेत्री, कामेश्वर चौरासिया, सुनिल थापा, हरिहर शर्मा, अभय बराल, मनिष राउत, रुबि राना, सुवास गजुरेललगायतका कलाकारले अभिनय गरेका छन् । यमुना खरेल र राज केसी चलचित्रका सह निर्माता हुन् चलचित्रका ।
चलचित्रमा विवेक पाण्डेको कथा, आलोक शुक्लाको छायाँकन तथा दीपक आर.जे र जयान जे. वाइवाको सङ्गीत रहेको छ ।






