काठमाडौं,
पौष २० ।
गायक राज गुरुङ अभिनेत्री तथा मोडल रेखा फागोलाई ‘फूल जस्तो’ भन्दै छन् । ‘फूल जस्तो’ गीतको भिडियोमा गुरुङले रेखालाई यस्तो भनेका हुन् ।
पछिल्लो समय म्युजिक भिडियो मोडलिङमा व्यस्त रहेकी रेखा गायक राज गुरुङको नजरमा ‘फूल जस्तो….’ देखिएकी छन् ।
मित्र वाम्बुले राईको शब्दरचना रहेको ‘फूल जस्तो’ गीतलाई सर्वज्ञमान शाक्य र मिलन क्रोम्जे गुरुङले सङ्गीत गरेका हुन् । यस भिडियोमा रेखासँगै गायक राज, सरोज गुरुङ र माया गुरुङको अभिनय रहेको छ ।
विज्ञान राईले निर्देशन गरेको यस भिडियोलाई पोखराको विभिन्न रमणीय स्थलहरुमा छायाँकन गरिएको छ जसलाई विज्ञानले नै सम्पादन गरेका हुन् ।






