काठमाडौं,
पौष १६ ।
नेपाल इन्भेष्टमेण्ट बैङ्कले ट्रमा सेन्टरमा एक्स्टेन्सन काउन्टर खोलेको छ । बैङ्कले काठमाडौं महानगरपालिकाको माहांकालस्थित रााष्ट्रिय ट्रमा सेन्टरमा एक्स्टेन्सन काउन्टर खोलेको हो ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्र्तगतको राष्ट्रिय ट्रमा सेन्टर परिसरमा खोलिएको काउन्टरले ट्रमा सेन्टरको आर्थिक कारोबार गर्न सहयोग गर्ने छ । काउन्टरले ट्रमा सेन्टरमा आउने विरामीको उपचारका क्रममा टिकट काट्नेदेखि विल भुक्तानीमा पनि सहयोग गर्ने छ ।
बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न कला तथा संस्कृति एवम् पुरातात्विक क्षेत्रमा सहयोग पुर्याउदै आएको छ । यसै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ३६५ दिन, २४ सै घण्टा सेवा सञ्चालन हुने गरी ट्रमा सेन्टरमा एक्स्टेन्सन काउन्टर खोलेको हो । यस सेवाले अस्पतालमा आउने विरामीले सुविधा पाउनेमा बैङ्क विश्वस्त रहेको जनाइएको छ ।
बैङ्कले निकट भविस्यमै ट्रमा सेन्टरको परिसरमै आफनो ९८औं एटिएम सञ्चालनमा ल्याउने ल्याउन लागेको बताएको छ । राष्ट्रिय ट्रमा सेन्टरको प्रबेशद्वारमा रहने एटिएमबाट अस्पतालमा आउने सेवाग्राहीका साथै सर्वसाधारणले पनि सेवा लिन सक्नेछन ।
आठ लाखभन्दा बढी उपभोक्ता रहेको बैङ्कको हाल ६३ वटा शाखा (नारायणगढ र पर्सा शाखा स्थानान्तरनको प्रक्रियासहित) तथा ९७ वटा एटिएम पुगेको छ ।
पाँच लाख ५० हजारभन्दा बढी भिसा डेविट कार्ड प्रयोगकर्ता रहेको नेपाल इन्भेष्टमेण्ट बैङ्क को ५४ वटा शाखारहित बैंकिङ्ग सुविधाका साथै ३०० बढी भिसा तथा एनपिएन सदस्य बैङ्कका एटिएम रहेको छ । निजि क्षेत्रमा सर्वाधिक चुक्ता पूँजी रु १०.६३ अर्ब रहेको यस बैङ्कको हाल निक्षेप रु. १३१ अर्ब तथा कूल कर्जा लगानी रु. १०७ अर्ब पुगेको छ ।
नेपाल इन्भेष्टमेण्ट बैङ्क लि.ले ‘दि बैङ्कर’, फाइनान्सियल टाइम्स, लण्डनद्वारा दिइएको सम्मानजनक ‘बैङ्क अफ दि इयर’ उपाधि पाँच पटक प्राप्त गरिसकेको छ भने इक्रा नेपालबाट ‘क’ वर्गको रेटिङ पनि पाँच वर्षदेखि लगातार हासिल गर्दै आइरहेको छ ।






