काठमाडौं,
पौष १५ ।
चलचित्र ए सोल्टिनीको पोस्टर, गीत र ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा शुक्रबार एक कार्यक्रमबीच निमा लामा तामाङ निर्देशीत ‘ए सोल्टिनी’को पोस्टर, गीत र ट्रेलर सार्वजनीक गरिएको हो ।
सबिन श्रेष्ठ, अर्जुन गुरुङ, जयनन्द लामा, मन्जु श्रेष्ठ, ज्ञानबहादुर जिम्बा, गंगा रानामगर, अनिता गोले, बिबि रानामगर, सम्झना श्रेष्ठ, शेरबहादुर थिङलगायतका कलाकारले अभिनय गरेको चलचित्रबारे कार्यक्रममा जानकारी दिइएका थियो । कार्यक्रममा चलचित्रका निर्देशक निमा, निर्माता दिलकुमार, अभिनेता सबिन, अर्जुन, द्वन्द्व निर्देशक योगेन्द्र श्रेष्ठ, ज्ञानबहादुरलगायतले संयुक्त रुपमा ए सोल्टिनीको पोस्टर सार्वजनीक गरेका थिए ।
निर्माता दिलकुमारले ए सोल्टिनी पहिला बिभिन्न देशमा बिशेष शो गरिने र त्यसपछि मात्रै नेपालमा प्रदर्शन गरिने जानकारी दिए । उनले आफूहरुले निकै मिहीनेतका साथ चलचित्र निर्माण गरेकाले सफलता प्राप्त गर्ने आशा ब्यक्त गरे । तामाङ भाषाका भण्डै एक दर्जन चलचित्र निर्देशन गरिसकेका निर्देशक निमाको ए सोल्टिनी पहिलो नेपाली चलचित्र हो । उनले ए सोल्टिनीपछि दोषी को र परदेशले लुटेको सपना नामक नेपाली चलचित्र निर्देशन गरेका छन् । कार्यक्रममा निर्देशक निमाले ए सोल्टिनी निकै रमाइलो चलचित्र भएकाले दर्शकले मन पराउने बिश्वास ब्यक्त गरे ।
अभिनेता सबिनले ए सोल्टिनी मिठो चलचित्र बनेकाले दर्शकले मन पराउनेमा आफू बिश्वस्त भएको बताए । उनले चलचित्रको स्क्रिप्ट मन परेकाले अभिनय गरेको बताउदै नयाँ टिमसँग काम गर्दा बेग्लै अनुभव भएको सुनाए । अर्का कलाकार अर्जुन गुरुङले पनि ए सोल्टिनीमा आफूले निकै दमदार भूमिका निर्वाह गरेको सुनाउदै दर्शकले चलचित्र मन पराउने आश ब्यक्त गरे । द्वन्द्व निर्देशक योगेन्द्र श्रेष्ठले ए सोल्टिनीको सफलताको कामना ब्यक्त गरे ।
काठमाडौ उपत्यका वरिपरि खिचीएको चलचित्रको प्रस्तुतकर्तामा पूर्णी तामाङ छिन् । बिश्वास भण्डारीले छायाँकन तथा सम्पादन रहेको चलचित्रमा सोमलाल बाइवा र बिनय केटुको सङ्गीत छ । राज गोलेले द्वन्द्व निर्देशन गरेको चलचित्रको कोरियोग्राफी अभि लामाले गरेका हुन् । सार्वजनीक टे«लरमा कमेडी र प्रेम प्रस्तुत गरिएको छ । दिलकुमार घलान तामाङले निर्माण गरेको यो चलचित्र जिम्बा फिल्मस् प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको हो ।






