काठमाडौं,
पौष १३ ।
अंग्रेजी नयाँ बर्ष २०१८को शुभकामना सहित क्रिसमसको अवसर पारेर क्यानाडावाट नयाँ अत्याधुनिक नेपाली गीतको भिडियो सार्वजनिक भएको छ । ईश्वर थापाको निर्माण तथा निर्देशन र सम्पादनमा ‘जाडोमा आगो बाल्ने न्यूयोर्कवाली बसन्ती…’ बोलको डान्सिङ गीतको सार्वजनिक भएको हो।
सुरेन्द्र नकर्मीको शब्द, जगदीश समाल र सपनाश्रीको स्वर रहेको गीतमा ओम कर्माचार्यको सङ्गीत रहेको छ ।
अमेरिकाको न्यूयोर्क छायांकन गरिएको गीतको भिडियोमा अमेरिकामा नै रहेकी प्रसिद्ध डान्सर तथा मोडल पार्वती राई न्यूयोर्कवाली बसन्ती बनेकी छन् ।
साथमा प्रवेश उप्रेती पौल, कृश थापा र डुप्लिकेट शाहरुख खान भनेर चिनिने क्यानाडा निवासी हेरी भाम्ब्राको साथमा अमेरिकी बबाल मोडलहरुको पनि अभिनय रहेको छ । नयाँ पुस्ताको रोजाई अनुसार ईश्वर थापाले भिडियो निर्माण गरेका हुन् ।






