ब्यापार ब्यबसायसँगै मोडलिङ क्षेत्रमा डेभिल

काठमाडौं,
पौष ६ ।

ब्यापार, ब्यबसायसँगै मोडलिङ क्षेत्रमा सक्रिय रुपमा लागेर नेपाली सञ्चार जगतमा आफ्नो प्रभुत्व जमाउदै गरेका मोडल हुन डेभिल सिंह राजपुत । बिरेन्द्र बजार–४ धनुषा जनकपुरका स्थायी बासिन्दा मोडल डेभिल सिंह राजपुत बिगत लामो समय देखि काठमाडौंलार्इ कर्मथलो बनाएर ब्यापार, ब्यबसाय, मोडलिङ तथा ईभेन्ट अर्गनाइजरको भुमिकामा सक्रिय रहेर ब्यस्त बन्दै आएका छन् ।

नेपालि चलचित्रमा समेत लगानी गरेर चलचित्र निर्माताको समेत भुमिका निर्बाह गरिसकेका राजपुतले दर्जनौं म्युजिक भिडियोहरु निर्माण गरेर आफैले समेत अभिनय गरेका छन । नेपालमा बढदै गईरहेको सौन्दर्य प्रतियोगिताहरुलाई ब्यबस्थित गर्दै सौन्दर्य प्रतियोगिताहरुलाई छुट्टै उचाइमा पुर्याउन र सौन्दर्य प्रतियोगिताको महत्वलाइ अझ फराकिलो बनाउदै सम्पुर्ण सौन्दर्यप्रेमीहरुको लागि प्लेटफर्म तयार गर्न लागि परेका मोडल डेभिल सिंह राजपुतले विभिन्न सौन्दर्य प्रतियोगिता आयोजना गरि मोडल बन्न चाहनेहरुको लागि समेत उपयुक्त अवसर प्रदान गर्दै आएका छन ।

मोडल सङस नेपाल र युनिभर्सल जुम इन्टरटेनमेन्ट प्रालिको प्रबन्ध निर्देशक समेत रहेका मोडल डेभिल सिंह राजपुतले पत्रकारितामा समेत कलम चलाउदै आएका छन । मुलुकभर छरिएर रहेका मोडल बन्न इच्छुक युवा युवतीहरुलाई सौन्दर्य प्रतियोगिता मार्फत समेट्दै उनीहरुको लागि नेपालि सिनेनगरीमा स्थापित गराउदै आएका उनले भविष्यमा नेपालि सञ्चार क्षेत्रलाइ तथा मोडलिङ क्षेत्रलाइ थप उचाईमा पुर्याउन दिनरात मेहनत समेत गर्दैछन ।

समय अनुसार परिबर्तन हुदै गईरहेको नेपालि मोडलिङ संसारलाई थप ब्यबस्थित गरि अन्तर्राष्ट्रिय स्तरको बनाउन तथा यस क्षेत्रामा लाग्ने युवा युवातीहरुलाई हौसला प्रदान गर्दै उनीहरुको भविष्यको लागि कोशेढुंगा बन्दै आएका मोडल राजपुत यस क्षेत्रको लागि एक इमान्दार, मेहनती र सक्षम व्यक्तिको रुपमा परिचित बनेका छन । देशको लागि केहि गर्नु पर्छ भन्ने उदेश्यका साथ अगाडी बढेका उर्जाशील युवा डेभिल सिंह राजपुत एक समाजसेवी समेत हुन ।

यसमा तपाइको मत

अन्य समाचार