काठमाडौं,
पौष २ ।
‘आर्टिस्ट नेपाल’ले शनिवार पिकनिकको आयोजना गरेको छ। काठमाडौंको जरसिङ्पौवामा कलाकर्मीबीच पिकिनिकको आयोजना गरेको हो ।
कलाकर्मीबीच चिनजान, भेटघाट गराउने उद्देश्यले पिकिनिकको आयोजना गरिएको राजेन्द्र लुइटेलले जानकारी गराए । पिकनिक कार्यक्रममा सो क्षेत्रसँग सम्बन्धित १ सय भन्दा बढी कलाकारले सहभागिता जनाएका थिए ।
हास्यकलाकार यमन श्रेष्ठ, गायक सपन श्रेष्ठ, गायिका अर्पणा श्रेष्ठ, सिमान्त सन्तोष म्युजिक एरेन्जर प्रभिन श्रेष्ठ, गायक जगत बोहरा, गायक सङ्गीतकार नकुल कार्की सञ्चारकर्मी तथा गीतकार मनोज केसी’समय’, पत्रकार गीता अधिकारी, निखिता महत, मोडेल उज्वल कुँवर, जीवन ओडारी उरुशा पाण्डे, अपेक्षा ढुंगाना, प्रतिज्ञा भण्डारी, बिशाल सेन, गायाक प्रदिप लामा, बिनोद राज ढुंगेल, विश्वराम कार्की, मन थुलुङ् राई, ईन्द्र आर पि, ईश्वर बल्लवलगायतकाको उपस्थिती थियो ।
त्यस्तै उपस्थिती जनाउनुहुनेमा ईभेन्ट म्यानेजर निशु झा, लभ कार्की, बाल कृष्ण पोखरेल, मेकअप आर्टिस्ट रोजी सिंह लुइटेल, राज पाण्डे र बिजनेस पर्सन बाबुकाजी सिल्पकार उपस्थित थिए ।

पिकनिक कार्यक्रमलाई बिभिन्न ढंगबाट सोनिया जिआर, राज बराईली र निशा राइले सञ्चालन गरेका थिए । कार्यक्रममा गीतकार होमराज श्रेष्ठले बिभिन्न गेम खेलाई मनोरञ्जन प्रदान गरेका थिए ।
कतीपय कलाकारहरु एक आपसमा चिन्दैनन, यही कारणले नेपाली कलाकर्मीबीच एकता एबम् चिनजान गराउने उद्देश्यले आयोजना गरिएको यस् बनभोज कार्यक्रम दोस्रो हो ।






