केही समय पहिला भावुक एल्वम स्रोतामाझ ल्याएका केशव भावुकले एल्बममा रहेको ‘घुम्दै फिर्दै आईयो डाडा बजार, फुल झै माया भेटियो जुन झै मुहार…’ बोलको गीतको भिडियो दर्शक/स्रोतामाझ ल्याउन लागेका छन् ।
केशब भावुक र ममता राईको स्वर रहेको यो गीतमा बिनोद खम्बुको सङ्गीत रहेको छ भने यसलाई यदुराज राईले लेखेका हुन् ।
केशवको केही समयअघि सार्वजनिक भएको गीत छाडे पनि यो हावा बहन…को भिडियोले राम्रै चर्चा पाएको थियो । गीतको भिडियोमा नायिका सारिका घिमिरे र मोडल दिनेश बिसीलाई फिचरिङ् गरिएको थियो ।
‘मेरा अन्य गीतलाई जस्तै घुम्दै फिर्दै आइयोले पनि दर्शक/स्रोताको साथले साथ पाउनेमा आशावादी छु’, केशवले भने ।






