प्रतिभा देखाए मिस नेशनल आईकनका प्रतियोगीले

काठमाडौं,
मंसिर १८ ।

‘मिस नेशनल आईकन–२०१७’का प्रतियोगीले प्रतिभा देखाएका छन् । रातोपुलस्थित रकहाउस क्याफेमा आयोजित ‘ट्यालेन्ट राउण्ड’अन्तर्गत कार्यक्रममा उनीहरुले आफूमा भएको कला देखाएका हुन् ।

ब्राइट इन्टरटेनमेन्ट प्रालिद्वारा पहिलोपटक आयोजना हुन गइरहेको यो प्रतियोगितामा २१ जना युवतीले प्रतिस्पर्धा गरिरहेका छन् । उनीहरुले ट्यालेन्ट राउण्ड अन्तर्गत नृत्य, गायन र वक्तृत्वकला प्रस्तुत गरेका थिए । प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा २३ मंसिरमा जमलस्थित राष्ट्रिय नाचघरमा हुँदैछ ।

प्रतियोगितामा शीर्ष विजेता हुने सुन्दरीले ताजसहित १८ लाख मूल्य पर्ने ड्याटसन कार पाउने आयोजक संस्थाका अध्यक्ष तथा गायक धनीराम राईले बताए । त्यस्तै, फस्ट रनरअपले ताजसहित स्कुटी र सेकेण्ड रनरअपले नगद ५० हजार प्राप्त गर्नेछिन् । सौन्दर्य प्रतियोगिताको भीडमा फरक पहिचान बनाउन विजेतालाई कार प्रदान गर्ने निर्णय गरिएको आयोजकले जनाएको छ ।

कतिपय सुन्दरी प्रतियोगितामा विजेताले घोषित गरेको पुरस्कार रकम समेत नपाइरहेको अवस्थामा कार पुरस्कार प्रदान गर्ने ब्राइट इन्टरटेनमेन्टले अहिले चर्चा पाइरहेको छ ।

प्रतियोगिताको ट्यालेन्ट राउण्डका लागि आयोजकको तर्फबाट गायक तथा सङ्गीतकार धनीराम राई, आर तथा मोडल कला सुब्बा, सङ्गीतकार आनन्द राई र ब्युटिसियन सुमित्रा कपाली निर्णायक थिए ।

यसमा तपाइको मत

अन्य समाचार