सोलुखुम्बु,
मंसिर १५ ।
समाजसेवी कुङ्गा शेर्पा सम्मानित भएका छन् । उनलाई हिमाली जिल्ला सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा केन्द्रिय कार्यालय रहेको दुधकुण्ड शेर्पा किदुकले सम्मान गरेको हो ।
सोलुखुम्बु जिल्लाको दुधकुण्ड नगरपालिका वडा न.२ बेनी टाक्टोर जन्मथलो भएर बिगत दुइ दशक देखि अमेरिकामा बसोबास गर्दै आएका समाजसेवी कुङ्गा शेर्पाले देश विदेशमा रहेका विभिन्न संघ सस्थालाई सहयोग गर्दै आएका छन् ।
दुधकुण्ड शेर्पा किदुकले सल्लेरी बजारमा एक कार्यक्रमको आयोजना गरि समाजसेवी कुङ्गा शेर्पालाई सम्मान गरिएको थियो । ‘विभिन्न संघ सस्थालाइ गरेको सहयोगको समिक्षा गर्दै त्यसको उच्च मुल्याङ्कन गर्दै उनलाई सम्मान गरिएको हो’, दुधकुण्ड शेर्पा किदुकको अधक्ष्य आङ पेमा शेर्पाले भनिन् ।
उक्त अबसरमा समाजसेवी कुङ्गा शेर्पाले दुधकुण्ड शेर्पा किदुकलाइ आर्थिक सहयोग पनि गरेका थिए ।
सोलुखुम्बु जिल्लाको सदरमुकाममा रहेका २ वटा क्लबहरु फ्रेन्डशिप युवा क्लब सल्लेरी र योङ्ग स्टार क्लब दोर्पु बजारलाई सोलुखुम्बु जिल्ला खेलखुद संघका अधक्ष्य डीबी रानापाल मार्फत खेलकुद सामाग्री समेत वितरण गरेका थिए ।
बिगत लामो समय देखि अमेरिका तथा कोरियामा व्यापार ब्यबसाय गर्दै आएका कुङगा टाक्तोक (शेर्पा) एक ब्यबसायी मात्र नभएर राजनीतिकर्मी र समाजसेवी पनि हुन ।
पूर्व गैर आवसीय नेपाली संघ अमेरिकाको विजनेस टाक्सफोर्सका डाईरेक्टर कुङगा टाक्तोक (शेर्पा) अन्य धेरै संघ सस्थाहरुमा आबद्ध भइ बिगत लामो समय देखि नेपाली समाज र नेपाललाइ सेवा गर्दै आएका छन् ।
उनि नेपाल चेम्बर अफ कमर्स यु.एस.ए. का कोषाध्यक्ष, हिमालय कल्चर सेन्टर नेपालका ट्रष्टी मेम्बर, शेर्पा संचार समूह नेपालका सल्लाहकार, शेर्पा समाज साउथ कोरियाका सल्लाहाकार, शेर्पा सेवा केन्द्र नेपालका आजिबन सदस्य, पर्मानेन्ट फोरम अन इन्डीजिनियस इस्यु युनाइटेड नेसन न्युयोर्कको सदस्य, सिएमएफइ कम्बोडियाको सदस्य, भोलिन्टियर अफ इन्टरनेसनल सेन्टर यु एस ए, पुर्ब सस्थापक अधक्ष्य घर सित मुटु एन जी ओ र बर्तमान सल्लाहकार, प्रेसिडेन्ट अफ म्यानह्याटन एसोसोरिज ग्रुप ईन्क, चियरम्यान अफ आइ नेपाल ग्रुप, नेपाल बुद्दिष्ट परिवार साउथ कोरियाको पुर्ब सस्थापक सदस्य साथै अमेरिकामा पहिले पल्ट साप्ताहिक पत्रिका निकाल्ने व्यक्ति समेत हुन् ।






