काठमाडौं,
मंसिर ८ ।
जापानबासी नेपालीहरुले स्वास्थ्योपचारका लागी भरत राईलाई सहयोग गरेका छन् । उनीहरुले खोटाङ याम्खा स्थाई घर भएका राईलाई सहयोग गरेका हुन् । राई जापानमै काम गर्नेक्रममा गत अगस्ट ८मा घाइते भएका थिए ।
साथीहरुको सहयोगमा ईमर्जेन्सी हस्पिटल पुर्याउदा कम्मर भन्दा मुनिको भाग पूर्ण रुपमा नचल्ने अबस्थामा जापान को आइची केन गामागोरी सिमिन् हस्पिटलमा उनको उपचार गराएका थिए ।
त्यहाँ उनको ईन्सुरेन्स नभएको कारणले त्यहाँ अस्पतालको उपचार खर्च धेरै महङ्गो हुन गएकाले उनलाई किरात राई यायोक्खा तोकाई जापान र गैर आवासीय नेपाली सँघ तोकाई होकुरीकुले र जापानबासी नेपाली दाजुभाई दिदीबहिनीको सहयोगमा नेपाल आई उपचार भइरहेको छ ।
भरतको स्वास्थ्य स्थीती बुझीरहनु भएका कि.रा.या. जापान का संरक्षक तथा एभरेष्ट फुजी सोसाईटी हामामात्सु जापान का सल्लाहकार समाजसेवी सुक्र राईले स्वास्थ्यस्थीती पहिला भन्दा क्रमीक सुधारको अबस्था छ भन्ने जानकारी गराएका छन् ।
साथै जापानबासी नेपाली दाजुभाई दिदी बहिनीहरु बाट सहयोग रकम संरक्षक सुक्र राईले भरत राई तथा उनकी श्रीमतीलाई अस्पतालमा नै गएर ३ लाख ७६ हजार ४ सय आठ रुपैयाँ हस्तान्तरण गरेका छन् ।
सहयोग रकम प्राप्त गरे पछि भरत राईले जापानबासी नेपाली दाजु भाई दिदीबहिनीहरुलाई धन्यबाद दिदै सबैको मायाले म फेरी पहिला कै अबस्था मा फर्किनेछु भन्ने शाहस गरेका छन् ।
कि. रा. या. टोकियो, कि. रा. या. कान्तो, कि. रा. या. तोकाई, एनआरएन तोकाई होकुरीकु जापान, किरात याक्थुम्चुम्लुङ जापान, लाङ्घाली समाज् जापानलाई बिशेष धन्यबाद तथा आभार ब्यक्त गर्दै भोलीका दिनमा बिदेशमा रहँदा जो कोही नेपालीलाई परेको बेला एकजुट हुन पनि अनुरोध गरेका छन् । भरतका एक श्रीमती र तीन नाबालक छोराछोरी रहेकाछन् ।






