काठमाडौं,
कार्तिक २२ ।
चलचित्र ‘अग्नीदहन’को फस्ट लुक पोस्टर र टिजर सार्वजनिक गरिएको छ । बुधबार काठमाडौंको क्युज सिनेमाहलमा पत्रकार सम्मेलन गरि चलचित्रको निर्माण टिमले टिजर र पोस्टर सार्वजनिक गरेको हो ।
नेपाली समाजमा विद्यमान रहेको बोक्सी प्रथालाई पूर्ण रुपले निर्मुल गर्ने उद्देश्यका साथ बनेको चलचित्र एक संदेश मुलक चलचित्र रहेको जानकरी प्रस्तुत कार्ता कोवित शरण उपाध्यायले दिएका छन् । उनले अग्नीदहन चलचित्रलाई नेपालका त्यस्ता जिल्लाहरु जहाँ बोक्सीको आरोपमा निर्दोष महिलाहरुलाई विभिन्न सजाय दिईन्छ ति जिल्लाहरुमा प्रदर्शन गरि जनचेतना जगाउने जानकारी दिएका छन । कार्यक्रममा बोल्दै चलचित्रका संरक्षक भुवनेश्वर शर्मा पौडेलले अबको १५ बर्ष भित्र नेपालका सबै जिल्ला हरुमा बोक्सी प्रथालाई पूर्णरुपमा अन्त्य गर्ने उदेश्य मान्छे बोक्सी हुदैन कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले लिएको बताए ।
सामाजिक सचेतानात्मक चलचित्र अग्नीदहनलाई धौली जस्तो सन्देशमुलक चलचित्र निर्देशन गरिसकेका निर्देशक घनश्याम लामिछानेले निर्देशन गरेका हुन । चलचित्रको कथा, पटकथा र संवाद लोकमणि पौडेलको रहेको छ भने परिकल्पना कोवितशरण उपाध्याय स्वयमकै रहेको छ ।
नितान्त सामाजिक कथा बस्तुमा निर्माण गरिएको यो चलचित्रले समाजमा व्यप्त बोक्सी प्रथा उन्मुलनमा सहयोग गर्ने निर्माण पक्षको दावी रहेको छ ।
नितान्त सामाजिक कथा बस्तुमा निर्माण गरिएको यो चलचित्रले समाजमा व्यप्त बोक्सी प्रथा उन्मुलनमा सहयोग गर्ने अर्का संरक्षक मोहनराज पौडेलले बताए ।
चलचित्रमा अनुपमा भण्डारी , प्रमिला तुलाचन, माउत्से गुरुङ, तुलसा क्षत्री ,प्रकाश घिमीरेलगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा दीर्घ गुङको छायांकन, जेशन कुवरको पाश्र्व सङ्गीत, दीर्घ खड्काको सम्पादन तथा उत्तम न्यौपानेको ध्वनि मुद्रण रहेको छ भने पब्लिसिटी डिजाईनको पाटो महेश श्रेष्ठले सम्मालेका छन् ।






