सम्झऩा साहित्यकार महानन्द पौडयालको

महानन्द शब्द कति मिठो छ । कुनै नदी जसको पानी निरन्तर अगि बडी रहेको हुन्छ र सागरलाई चुम्न त्यसको लक्ष्य हुन्छ । अर्को शब्दमा गंगा, यमुना, सरस्वती र अन्य पाहाडी नदीहरु जस्तै  टिस्टा, रंगित, बालासन, महानन्द, नदी पनि पवित्र छ र आफ्नो बगाईमा यी नदीहरु बगिरहन्छ र धेरै सङ्घर्षहरूको सामना गर्दै अगि लम्किन्दै बगिरहन्छ ।

त्यस्तै स्वर्गीय गुरूवर महानन्द पौडयाल पनि साहित्य सागरको लक्ष्य लिएर अन्तिम क्षणसम्म निरन्तर अगि बडिरहेका थिए। यसैले हाम्रा बरिष्ठ साहित्यकार, सम्पादक, कथाकार, निबन्धकार, कवि, पाठ्यक्रम निर्मता, महानन्द पौडयाल एक हाम्रा चिन्हारी थिए । नेपालको त्रिभुवन विश्वविद्यालयका धेरै शोधकर्ता विद्यार्थीहरूले उनको कृतित्त्व र व्यकित्त्व सम्बन्धी धेरै शोधपत्रहरु प्रकाशित गरेका छऩ् । उनी प्रकृति प्रेमी, पार्यवरण प्रेमी, समाजवादी, शिक्षावादी, जनमुखी व्यक्तित्त्व हुनुहुन्थ्यो । उनी कालिम्पोङमा जन्मेर पनि सिक्किमलाई कर्मभूमि सम्झेर सिक्किममै घर बसाए । राष्ट्रिय एवम् अन्तराष्ट्रिय क्षेत्रसम्म आफ्नो साहित्यि व्यक्तित्वको खयाती आर्जन गर्नमा सफल भएका थिए। उनी एक सफल चिन्तक थिए। उनको कार्यले विशेष नेपाली साहित्य र नेपाली पाठ्य पुस्तकलाई धनी र सम्मानजनक स्थान दिलाउन सफल बनेका थिए।

उनका रचनाहरूमा सम्मकालीन परिवेशलाई आफ्नो समग्रहतमा अभिव्यक्ति गरेको पाइन्छ । उनी एक साहित्यिक साधक हुनुहुन्थ्यो र आफ्ना  साधना शक्तिले नेपाली साहित्य क्षेत्रमा विकास मूलक क्रान्ति ल्याउन सक्ष्म बनेका थिए। उनको नौलो विचार, अभिव्यक्तिले आजका युवावर्ग, पाठ्कहरूलाई अवश्य प्रोसाहित पारेका थिए। यसैले म त भन्छु स्वर्गीय महानन्द पौडयाल सिक्किमेली साहित्य जगतका एउटा अभिभावक र सक्रिया विचारक एवम् चम्किला नक्षेत्र थिए ।

  • प्रधुम्न श्रेष्ठ

सिक्किम, गान्तोक

अग्लो शरीर, मटो जिउ करीब ६ फीटको उचाई सधै नेपाली टोपिले सिरलाई कञ्चनजङ्गा झै उच्च राख्ने, ठुलो आँखा भएको, हँसिलो, आत्मीय़तापूर्ण, मृदु-भाषिलाई म सँधै सर भनेर सम्बोधऩ गर्दथे । हुनु त उनी मेरो शिक्षक होइन तर सिक्किमको धरतीमा एउटा सफल शिक्षक भएर सेवा गर्नु भएको आलो याद आईरहन्छ। उनी एकपल्ट सिक्किस आकदमीको अध्य़क्ष सम्म हुनु भयो तर पूर्ण अवधी सम्म वहाँलाई काम गर्न दिनु भएन विशेष केही कारणहरूद्वारा जो अति दुर्गभाग्य पूर्ण नै हो जस्तो लाग्छ। माल पाएर चाल न पाए झै वहाँको योगदान, योग्यता र आनुभवको सहि उपयोग गर्न सकिएन  त्यस समयको परिवेशले। जब उनी अवकाश प्रताप्त जीवन पूर्व सिक्किम पाक्योङ्गमा  बिताइ रहनु भएको थियो र कहिले(कहि पाक्योङ्ग जाँदा वहाँलाई भेटेर दर्शन गर्ने र उनको वचन सुन्ने मेरो बानी थियो।

सिक्किमेली साहित्यको प्रथम नेपाली गद्य सङ्ग्र पत्रिकाको ध्रुवतारा पत्रिकाको अर्को अङ्क ठीक ५० वर्ष पछि द्वतिय संस्करणको रूपमा गत २०११-मा हिमाली प्रकाशन देन्तामको सिद्धि पत्रिकाको सम्पादक भएकोले मैले प्रकाशन गरे। जसको यो प्रथम अङ्क २०६१- मा प्रकाशित भएको थियो। यसरी वहाँ हाम्रा साहित्यको अति आदरणीय सम्पादक आज भन्दा ५५- वर्ष अगि पनि हुनुहुन्थ्यो भऩ्ने प्रमाण यस पत्रिकाबाट थाहाँ पाउन सकिन्छ। यसै कारण उनको सम्पादनमा ध्रुवतारा प्रकाशित गर्नु पाउँदा म अति आभारी छु।

उनको जन्म कालिम्पोङ्गको बमबस्तीमा गत् १९ जनवारी १९३१- मा भएको थियो। उनको माता पिताको नाम स्वर्गीय विष्णु कुमारी र स्वर्गीय खडानन्द थियो भने पत्नीको नाम विष्णुमाया हो। उनको शिक्षा स्नातोकत्तर नेपालीमा त्रिभुवन विश्वविद्यालय, काठमाडौंबाट प्राप्त गर्नु  भएको थिए भऩे साहित्यिक लेखनको यात्र स्कूले जीवन देखिनै शुरू गरेका थिए। गत् १९५२- मा एउटा कविता मित्र-वर्गप्रति वसन्तलिला छन्दमा प्रथम रचित रचना हो  र प्रथम कथा अतिथि सत्कार गोर्खा पत्रिकामा १९५२( मा प्रकाशित भएको थियो भऩे प्रथम यात्र संस्मरण लेख १९५४(मा प्रकाशित मेरो एक ठिमिले यात्रा असन भ्रमण थियो।

उनका प्रकाशित कृतिहरू यस प्रकारका छऩ्-

१) हाम्रा केही लोककथा २) झुमाको पुतली (कथा सङ्ग्रह) ३) छऩ्द र अलङ्कार ४) श्रीकथा (बालकथा) ५) भावानुवाद ६) शेक्सपियरका केही नाट्य कथा ७) विचरण क्षितिज भित्र थिए।

अनुसन्धान कृतिहरु- १) रसिक फेरि अप्रकाशित कृतिहरू २) सिक्किमका प्रथम कवि सन्तवीर लिम्बू (कृतित्व एवं मूल्याङ्कन ) ३) कवि नरेन्द्र प्रसाद कुमाई (कृति एवं मूल्याङ्कन) ४) भाषा मान्यता सन्दर्भ ग्रन्थ ५) भाषा साहित्य बाह्र बखान ( निबन्ध र समालोचना) थिए।

अनुवाद- १) केही रोचक कथा शरदचन्द्र चट्टोपाध्यको लामो कथा थिए ।

पाठ्य पुस्तक- १) सौरभ र गद्य सौरभ (केन्द्रिय माध्यमिक बोर्डको नेपाली पाठ्य पुस्तक) २) निबन्ध श्री  ३)कथा श्री (उच्च माध्यमिक पाठ्य पुस्तक) थिए।

साहित्यिक पत्रिका- १) नव प्रभात (त्रैमासिक) सुश्रि सानुमति राईसित सह-सम्पादन २) गोर्खा साप्ताहिक ३) अकाशदीप ४) ध्रुवतारा ५) द पोल स्टार ६) भानु स्मारिका ७) सन्धान थिए ।

यस बाहेक अन्य धेरै पत्र-पत्रिकाहरूमा, रचनाहरू प्रकाशित हुँदै आएको थियो।

सम्मान र पुरस्कार- १) नेपाली साहित्य सम्मेलन (दार्जीलिङ) २) भानु पुरस्कार (गान्तोक) ३) शिवकुमार राई स्मृति पुरस्कार (नाम्ची) ४) प्रतिभा पुरस्कार (सिक्किम सरकार) ५) डा. पारसमणि प्रधान पुरस्कार (कालिम्पोङ) ६. साहित्यश्री (सांस्कृतिक एवम् धरोहर विभाग सिक्किम सरकार) ।

प्रमुख अभिनन्दन– १) नेपाली पत्रकार सङ्घ (काठमाडौ) २) सिक्किम सम्मान सम्मेलन (गान्तोक) ३) मिड द राइटर सम्मान (साहित्य अकादमी नयाँ दिल्ली) ४) गाउँ बुडा सम्मान (कालिम्पोङ) ५) महाकवि देवकोटा शताब्दी समारोह (काठमाडौं) ६) अगमसिह साहित्य प्रतिष्टान (मेदिनीपुरको वार्षिक पत्रिकाको अवसरमा अभिनन्दन) ।

शोधपत्र- त्रिभुवन विश्वविद्यालय र उत्तर बङ्गाल विश्वविद्यालको छात्रहरूद्वारा- १) नाराय़ण भट्टराई (आसम) २) नरमाया दङ्गाल ३) दीपा शर्मा ४) भानु छेत्री ५) वासुदेव पुलामी ६) श्री केदर गरूङ ७) श्री सुकराज दियाली ।

स्वर्गीय महानन्द पौडयालले सिक्किमलाई कर्मभूमि बनाएर राष्ट्रीय स्तरमा र अन्तरराष्ट्रीय स्तरमा नेपाली भाषा साहित्यको विकाशमा अविस्मरीण कार्य़हरू गरेका थिए। उनी ८६ वर्ष पुग्नु भएर पनि नेपाली भाषा साहित्यको श्रीवृद्धिमा अन्तिम क्षणसम्म लागि पर्नु भएका थिए। त्यस बाहेक उनको कृतित्व माथि मूल्याङ्कन गरिएका पुस्तक मध्ये करूणादेवीको धर्मार्थ गुठी गान्तोबाट प्रकाशित (महानन्द पौडयालस् उनका विविध कृतिहरू) तथा सलुवाबाट प्रकाशित परदेशी पत्रिकाले महानन्द पौडयाल अभिनन्दन अङ्क प्रमुख थिए। मुल रूपमा उनी सक्रिय कथाकार थिए र साथै स्समरण लेखहरू  पनि अति रोचक शैलीमा लेखने कला थियो। उनका लेखहरूमा नव-चेतनावादी धाराका यथार्थवादी कथाहरू पाइन्छ। कथामा इतिहास चेतना, सामन्ति व्यवस्थाको विरोध, नारीको हक र समान अधिकारको सन्देश, लोकतत्वको प्रयोग, मनोविज्ञानका केही पक्षहरू पाइन्छ। यी मध्ये पाँडे काजी, हवल्दार, अपूर्व देशभक्ति र बुडा बुडी  आदि कथाहरू इतिहाससित गासिएका पाइन्छ। आफ्ना कथाका पात्र-पात्रा मार्फत यौवन- मनोविज्ञानलाई जिवन्त दिनुमा सक्ष्म देखिन्छ। उनका शब्दहरूमा ठेट नेपाली शब्द, विशिष्ट भाषाशैली, स्पष्ट शुद्ध धारा प्रभाव प्रवाह पाइन्छ। उनका कथामा देशप्रेम, जातीय सदभावना, साहित्यिक उत्थान र समाजलाई विशिष्ट बनाउन साहासपूर्ण लेखन शैली पाइन्छ। ग्रामीन जीवनको अन्त-निरीक्षण र समाज उत्थान प्रति उनी खपीस थिए।‘पाँडे काजी’ कथा पढेर पश्चिम सिक्किम साहित्य प्रकाशन गेजिङगका सदस्यहरूसँग स्थलगत भ्रमण राप्देनसी दरवारको भग्नावेश, स्थल अझिङ्गरका पत्थरका चार गिडहरूको अवलोकन’ आँप घारी लेकसेप बजार माथि करीब १५- किलो मिटर  गेजिङग (राप्देनसि) देखि लेकसेप सम्म पैदल हिडेर यथार्थ घटनाको विवरणको अवलोकन गरेका थियौ। पाँडे काजीले गेडेका अजिङ्गरका शरीर चार टुक्राहरू आजसम्म ढुङ्गाको रूपमा लेकसेप माथिको जङ्गलमा रहेको पाइन्छ। पाँडे काजी  फौजले खाएर फालेका आँपका दाना  विउबाट  आँप घारी भएको कथा आजसम्म यथावत पाइन्छ।

यसरी हामीले गत १९९२ सालमा पाँडे काजी कथामा लेखिएका कुराहरू धेर-थोर भौगोलिक दृष्टिले इतिहास नै थियो भऩ्ने हामी ले बुझिएको आलो याद आइरहन्छ। स्मरण गरिन्छ त्यस झुण्डमा श्री केदर गुरूङ,  श्री उपमान वसनेत, श्री गोबरधन बासतोला र अन्य साथीहरुको याद आइरहेको छ। महानन्द पौडयाल बारे भन्नु पर्दा उनले अन्तिम भाषण मनन केन्द्रको मिनि ठेटरमा मुख्य अतिथिको रूपमा पवित्र क्रान्ति पुस्तकको विमोचनमा वहाँले भऩ्नु भएको थियो- “अब म बुडो भए आज देखि उता मलाई मुख्य अतिथिको रूपमा न बोलाउनु म आउन सक्दिन भऩेर भने ”। त्यस सभामा म पनि उपस्थित थिए। समकालीन सम्पादक सम्मेलनको सभामा नेपाली साहित्य परिषद्को सभा कक्ष्यमा  उहाँ स्वम् आउनु भएर सन्धानको ६ अङ्क प्रकाशित पत्रिका हामीलाई हसन्तरन गर्नु भएको थियो। यो पत्रिका बारेमा उहाँले भन्नु भयो तपाईहरूले भविष्यमा प्रकाशन गर्ने चाजो मिलाउने कुरा राख्नु  भयो। त्यस पछि उनको स्वस्थ्य बिग्रन्दै गऱ्यो उनको छोराको विवाहा पछि हामीहरू वहाँलाई भेटन पाक्योङ वास स्थानमा गएका थियौ। त्यस समयमा पनि वहाँ लेखनमा वयस्थ हुनुहुन्थ्यो र सन्धान पत्रिका बारे धेर(थोक कुरा भएको थियो। उहाँको बिमारी अवस्थामा पनि मनिपाल अस्पातलमा गएर स्वस्थ्य बारे शोध खबर लिने क्रम मैले गरे। अचनाक करीब ६ महिनाको औधिमा नै कोमा अवस्थामा रहनु भयो र गान्तोकको एस.टी.एन.एम. अस्पातलमा गत्- १२।१०।२०१७ को दिन बिहान दिवंगत हुनु भयो। त्यसै दिन वहाँको दहा-संस्कार रानीपुलको शम-सान स्थलमा भएको थियो। त्यसै दिन एउटा जेस्ठ नागरिक समाजको अन्तराष्ट्रीय जेष्ट नागारीक दिवसको  कार्यक्रममा वहाँलाई  श्रध्दान्जली गरेर एक मिनटको मौनधारण गरेर समवेदना प्रकट गऱ्यौ। श्री अर्जुन योवा, श्री अर्जुव पिउस र म पाक्किमङमा गएर गुरूमा छोरीहरू र छोरालाई भेटेर समवेदना प्रकट गरेका थियो र वहाँका प्रकाशित र अप्रकशित कृतिहरूको स्मृति ग्रन्थ प्रकाशन गर्नु पर्छ भऩ्ने वहाँको धर्मपत्नीले अनुरोध गर्नु भयो। यस बारे साहित्यकाहरूसँग छल-फल पनि भइरहेको छ र निर्माण प्रकाशनलाई उनका लेखहरूको सँगालो कृति प्रकाशित गरिदिनु भऩेर हामीले अनुरोध गरेका छौ। आशा छ भविष्यमा यी कृतिहरू अवश्य प्रकाशित हुऩ्छ। यस बाहेक महनन्द पौडयालको स्मृति ग्रन्थ विशेष अङ्क प्रकाशन हुन पनि अति अवाश्यक छ।

अन्तमा साहित्यकार महनन्द पौडयाल नेपाली भाषा संसारका एक ध्रुवतारा थिए। उनले अन्तिम क्षणसम्म नेपाली साहित्यको उत्थानमा आफ्नो कलम चलाएर आफ्ना अनुभव र सृजना शक्तिको जवलन्त परिचय दिनु भयो। पाको उमेरमा पनि साहित्य प्रति मन्नशील, गम्भीर र सृजनाशील एवम् सक्रिया हुनुहुन्थ्यो। वहाँको आत्मले शान्ति प्राप्त गरोस भनि ईस्वरसँग प्रार्थना गर्दछौ  र  हिमाली प्रकाशन देन्तामले एउटा सभा राखी गहिरो समेवदना प्रकट गऱ्यौ। वहाँ देवाङ्गत भए पनि वहाँका कृतिहरू सधै अमर रहेर बाँची रहने छ।

यसमा तपाइको मत

अन्य समाचार